संविधानको मूल मर्म समाजवाद-जोशी

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीले संविधानको मूल मर्म समाजवाद रहेकाले त्यसलाई कसैले पनि संशोधन गर्न नसक्ने बताउनुभएको छ ।
संविधान दिवसका अवसरमा प्रजातन्त्रवादी प्राध्यापक सङ्घ, नेपाल प्रादेशिक तदर्थ समितिद्वारा आज काभ्रेपलाञ्चोकको बनेपामा आयोजित ‘संविधानको मर्म र कार्यान्वयनमा चुनौती’ विषयक अन्तरक्रियामा उहाँले भन्नुभयो, “जनताले दिएको अधिकारको मूल मर्मलाई समेटेर बनाएको संविधानलाई कसैले संशोधन गर्न सक्दैन् । ”
प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष जगत तिमल्सिनाले संविधानको प्रभावकारी कार्यान्वयनका लागि प्राध्यापकहरु सडकमा उत्रन आवश्यक रहेको बताउनुभयो ।
अर्का प्राध्यापक भोला केसीले संविधानलाई कार्यान्वयनमा ल्याउनका लागि सत्ता पक्ष र प्रतिपक्ष दुवै सँगै मिलेर अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।
प्राध्यापक डा घनश्याम भट्टराईले मौलिक अधिकार माग्नलाई सडक आन्दोलन गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता प्रचण्डराज प्रधान र उपप्राध्यापक सरोज घिमिरेले ‘संविधान मर्म र कार्यान्वयनमा चुनौती’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्रमाथि उपप्राध्यापक सुरेश आचार्य र सहप्राध्यापक रामकृष्ण अधिकारीले टिप्पणी गर्दै संविधानको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता औल्याउनुभयो ।
क्याटेगोरी : विशेष
ट्याग : #नवीन्द्रराज जोशी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्