तिजको अवसरमा नेपाल महिला चेम्बरद्वारा विविध कार्यक्रम

सरोज ओझा
काठमाडौं, २३ भाद्र (नेपाल महिला चेम्बर, ब्यापार समितिले भाद्र २३ गते शनिबार तीज स्पेशल फिएस्टा ९तीज बिशेष मेला २०१८ को आयोजना गरेको छ । जमल स्थित चेम्बर भवनमा आयोजित सो मेलाको उद्गघाटन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले गरेकी छन्। मेलाको उद्गघाटन पस्चात मन्त्री थापाले मेलाको अवलोकन समेत गरिन । मेलामा महिला उधेमीद्वारा उत्पादित तथा बिक्री बितरण हुँदै आएका पहिरन, श्रीङार, हस्तकलाका सामाग्री, खानाका परिकार लगायतका सामाग्रीहरु प्रदर्शनीका लागि राखीएको थियो । मेलामा कलाकारद्वय दिपाश्री निरौला र रेखा शाहले प्रस्तुती दिएका थिए ।
मेलाको आयोजनासँगसंगै चेम्बर भवनको सभा हलमा एक औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रम माझमा प्रमुख अतिथिको आसनबाट बोल्ने क्रममा मन्त्री थापाले महिला दिदी बहिनीहरुलाई प्रोत्साहन गर्ने उदेश्यका साथ सहुलियतपूर्ण ब्याजदरमा रिण सुबिधा दिलाउने सरकारको योजना रहेको बताइन ।
कार्यक्रममाझ बोल्ने क्रममा चेम्बर अफ कमर्सका कार्यबाहक अध्यक्ष राजेन्द्र मल्लले महिला उधमीको उधमशिलताको कदर हुन सके मात्रै देशको बाणिज्य क्षेत्र सबल हुने धारणा राखेका थिए । कार्यक्रममा सभापतिको आसनबाट बोल्दै महिला चेम्बरका अध्यक्ष डा। अन्जान शाक्यले महिलाहरुले ब्यवसाय सन्चालन गर्दै राज्यलाई कर तिर्ने,रोजगारीको अवसर सिर्जना गर्ने जस्ता महत्पूर्ण भूमिका निर्बाह गर्दै आइरहेको बताइेन् ।
कार्यक्रममा साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडका प्रमुख कार्यकारी अधिक्रित समेत् रहेकी नेपाल महिला चेम्बरका सह( अध्यक्ष उर्मिला श्रेष्ठ, कलाकारद्वय दिपाश्री निरौला र रेखा शाह, नेपाल महिला चेम्बरका सदस्य, महिला उधेमी लगायतको उपस्थित रहेको थियो ।
नेपाल महिला चेम्बरका सह( अध्यक्ष उर्मिला श्रेष्ठले तीज पर्ब र उधेमशीलतालाई जोडेर ब्यवसायीकताको बिकास गराउनु नै मेला आयोजना गर्नुको उदेश्य रहेको प्रकाश पारिन् ।
क्याटेगोरी : विशेष
ट्याग : #नेपाल महिला चेम्बर
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्