बचेको खोप पत्रकार र कुटनीतिक नियोगलाई
कोभिड १९

काठमाडौँ २४ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा बचेको खोप कोभिड १९ विरुद्धको खोप भोलिबाट लगाउन सुरु गर्ने भएको छ । जसका लागि पत्रकार, कुटनीतिक नियोगमा काम गर्नेहरूलाई प्राथमिकतामा राखिने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमान्डौँको सिभिल अस्पताल, शिक्षण अस्पताल, सहिद गंगालाल अस्पताल र ललितपुरको पाटन अस्पतालमा खोप लगाइने छ ।
मन्त्रालयको स्रोतका अनुसार सिभिल अस्पतालमा पत्रकार, पाटन अस्पतालमा युनएन एजेन्सीका कर्मचारी र तिनका परिवारलाई खोप लगाइने छ । त्यस्तै, टिचिङ र गंगालाल अस्पतालमा कुटनीतिक नियोगका कर्मचारीलाई खोप लगाउने सरकारको योजना छ । पत्रकारले खोप लगाउन सूचना विभागको प्रेस पास देखाउनु पर्नेछ ।
पहिलो चरणको खोप शनिबार समापन भएको थियो । भारत सरकारले उपलब्ध गराएको खोप पहिलो चरणमा देशभरका २ सय १ खोप केन्द्रबाट १ लाख ८४ हजार ८ सय ५७ जनाले लगाएका थिए ।
क्याटेगोरी : विशेष, स्वास्थ्य
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्