मुख्यमन्त्री पौडेल सहितको टोलीद्धारा केपी ओलीलाई काठमाडौंमा आइसोलेसन निमार्ण तयारी बारे जानकारी
बागमती प्रदेसका मुख्यमन्त्री डोरमणि पौडेल सहितको टोलीले प्रधानमन्त्री केपी ओलीलाई काठमाडौंमा आइसोलेसन केन्द्र निर्माणको तयारीका वारेमा जानकारी गराएको छ।
बागमती प्रदेसका ११ वटा जिल्लामा आइसोलेसन केन्द्र तथा क्वारेन्टाइनको व्यवस्थापन गरेको बागमती प्रदेस सरकारले काठमाडौं र ललितपुरमा पनि आइसोलेसन केन्द्र स्थापना गर्ने तयारीका लागि नेकपा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य कृष्ण राई ,नेकपा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ ,प्रदेस सभा सदस्य दिपक निरौला र स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. भिम कार्कीलाई जिम्मेवारी दिइएको थियो।
मंगलबार नेपाल सरकारका स्वास्थ्य मन्त्रि भानुभक्त ढकाल सहितको उपस्थितिमा काठमाडौं जमलको होटल यल्लो प्यागोडामा आयोजना भएको छलफलले काठमाडौंमा छ हजार आइसोलेसन बेड तयार गर्ने जिम्मेवारी पाएको सो टोलीले काठमाडौंका विभिन्न स्थानमा आइसोलेसन केन्द्र स्थापनाका लागि निरीक्षण गरेको थियो।
काठमाडौंमा आइसोलेसन केन्द्र स्थापनाका गरिएका तयारीका वारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराउदै मुख्यमन्त्री पौडेलले त्यसमा रहेका केहि प्राविधिक जटिलता समाधानका लागि अनुरोध गरेका थिए।
उक्त छलफलमा बागमती प्रदेशका मुख्यमन्त्रि डोरमणि पौडेल सहित बागमती प्रदेशका सामाजिक विकास मन्त्रि युवराज दुलाल, प्रतिनिधि सभा सदस्य कृष्ण राई , प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ, प्रतिनिधि सभा सदस्य सरिता न्यौपाने, प्रदेस सभा सदस्य दिपक निरौला सहभागी रहेका थिए।
कोरोना प्रकोप नियन्त्रण तथा रोकथामका लागि काठमाडौंमा आइसोलेसन केन्द्र स्थापनाका लागी गरेको तयारीका वारेमा जानकारी लिए पश्चात प्रधानमन्त्री ओलीले संघीय सरकारले सबै जटिलता फुकाउन आफु सकारात्मक रहेको बताएको प्रदेस सभा सदस्य दिपक निरौलाले जानकारी दिएका छन।
क्याटेगोरी : विशेष
ट्याग : #आइसोलेसन केन्द्र, #डोरमणि पौडेल
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ३तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ४यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८महानगरमा भाँडभैलो मच्चाएर बालेन बिदामा- प्रशासकीयलाई प्रवेश निषेध, निमित्तले जागिर नै छाडे
तपाईको कमेन्ट लेख्नुहोस्