Techie IT
शुक्रबार, फागुन २,२०८१

रामका सम्बन्धमा प्रधानमन्त्रीलाई आत्मालोचना गर्न नेता गौतमको आग्रह


काठमाडौँ, ३० असार ः नेकपाका उपाध्यक्ष वामदेव गौतमले राम जन्मभूमिका सम्बन्धमा दिएको मन्तव्य प्रधानमन्त्री केपी शर्मालाई फिर्ता लिर्दै जनतासमक्ष आत्मालोचना गर्न आग्रह गर्नु भएको छ ।

उहाँले आज राम जन्मभूमि र विवाद शीर्षकमा सामाजिक सञ्जालमा लामो स्टाटसलेख्दै भन्नुभएको छ , ‘ राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको मन्तव्यबाट जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेकोले त्यसको व्यापकतालाई ध्यानमा राख्दै उहाँले आफ्नो मन्तव्य फिर्ता लिदैं जनतासमक्ष आत्मालोचना गर्नु म उपयुक्त ठान्दछु । ’

उहाँले प्राविधिक तथा इतिहासविद्हरुको टोली बनाई तत्सम्बन्धमा अनुसन्धान र तथ्य संकलनमा लाग्न प्रधानमन्त्री तथा पार्टी अध्यक्षओलीलाई विनम्र अनुरोध समेत गर्नु भएको छ ।

, ‘ नेपालका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले हिजो अर्थात असार २९ गते कुनै कार्यक्रममा राम जन्मभूमि नेपालको पर्सा जिल्लामा पर्छ भन्दै दिनुभएको मन्तव्यले नेपाल र भारतमा अत्यन्त तिखो प्रतिक्रिया उत्पन्न गरेको छ, ’ उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ, ‘ आज भन्दा दुई वर्ष पहिले उहाँलाई भेट्न म बालुवाटार गएका बखत यो बिषय बारे चर्चा गर्नुभएको थियो । मैले उहाँलाई यस सम्बन्धमा आफुले अध्ययन गरेका कतिपय सन्दर्भ सामाग्री उल्लेख गर्दै विना अनुसन्धान, विना तथ्य प्रमाण यस्तो विषयलाई तपाईले कहीँ कतै व्यक्त नगर्न भन्दै सल्लाह पनि दिएको थिएँ ।’

नेता गौतमले आफूलाई यस विषयमा प्रधानमन्त्री ओलीले कहीँ न कहीँ सार्वजनिक गरिहाल्नु हुन्छ कि भन्ने शंका पनि लागेको उल्लेख गर्दै भन्नु भयो, ‘ नभन्दै हिजो तथ्य प्रमाण विना त्यसलाई सार्वजनिक गरेरै छोड्नु भयो ।’

अहिले.केपी ओली अहिले मुलुकको प्रधानमन्त्री हुनुहुन्छ र सत्ताधारी पार्टीको अध्यक्ष पनि रहेकोले अहिले उहाँले चाहदा सबै पक्षबाट अनुसन्धान गर्न, तथ्यहरु जुटाउन, आएका अनुमानहरुको तथ्यसंगत विश्लेषण गर्न चाहिने साधनस्रोत जुटाउन सक्ने अवस्थामा रहेको भन्दै उहाँले उठाउनु भएको विषय सबै पक्षबाट तथ्य र तर्कसंगत सावित भएको अवस्थामा प्रधानमन्त्रीले हैन इतिहासकारहरुले सार्वजनिक गर्नुपर्ने बताउनुभयो ।

उहाँले सामाजिक सञ्जालमा भगवान रामको जन्म जहाँ भए पनि यथार्थवादी कम्युनिष्टहरुका निम्ति केही फरक नपर्ने भन्दै रामका भक्तहरु नेपाल र भारतमा ठूलो संख्यामा रहेको र यथार्थवादी भएका नाताले इतिहास प्रति हामी कम्युनिष्टहरुले अन्याय गर्न नसक्ने उल्लेख गर्नुभयो ।

‘ नेपालको इतिहास निर्माणमा योगदान गर्ने महापुरुषहरुको नेपाल रहँदासम्म प्रसंशा गरिरहिने छ, ’ उहाले भन्नुभएको छ, ‘ संसारमा धेरै धर्महरु छन्, धेरै धार्मिक सम्प्रदायहरु छन् र तिनका अनुयायीहरु करोडौंको संख्यामा रहेका छन् । उनीहरुको धार्मिक आस्थामा चोट पु¥याउने क्रियाकलाप गर्न कसैले हुदैन ।’

नेता गौतमले कुनै पनि धार्मिक संरचनालाई प्रयोग गरेर नत राष्ट्रले न समुदायले न कुनै व्यक्तिले आफ्नो स्वार्थ पुरा गर्ने दुश्कर्म गर्न नहुने भन्दै यस अर्थमा हामी कम्युनिष्टहरु धर्म निरपेक्ष हुन चाहेको कुरा उल्लेख गर्नुभयो ।


क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष
ट्याग : #मदेव गौतम


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:40 am5:55 pm +0545