आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

आफ्नै १५ वर्षीया नाबालिका छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखा जिल्लाको ३६ वर्षीया नाम परिवर्तित जयकुमार रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार गत मङ्सिर २१ गते बेलुका नाबालिका घरमै एक्लै सुतिरहेकोे अवस्थामा पटक पटक ओछ्यानमा जबरजस्ती समाती जबरजस्ती बलात्कार गरेको आरोपमा पीडित नाबालिकाको आमाले दिएको जाहेरीको आधारमा आरोपीलाई सोमबार लुकिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
पक्राउ परे लगत्तै निजलाई हाड नातामा जबरजस्ती करणी उद्योग कसुर शीर्षकमा सोमबार मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
आफनै बाबु र छोरी भएकाले पालिकाको नाम र स्थायी ठेगान तथा नाम गोप्य राखिएको प्रहरीको भनाइ छ ।
क्याटेगोरी : अपराध/सुरक्षा
ट्याग : #आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्