प्रहरीमा मिलनको बयान : दसैंमा बुवा-आमालाई मार्न खोजेको थिएँ, वातावरण मिलेन

काठमाडौं । भक्तपुरको बालकोटमा बुबा र भाइको हत्या गरेका खोटाङका मिलन आचार्यले यसअघि बुवा र आमाको हत्या प्रयास गरेको बयान दिएका छन् । गत दसैंमा दुवैलाई मार्ने योजना बनाए पनि असफल भएको उनको भनाइ छ ।
महाराजगञ्ज प्रहरी वृत्तमा आज विहान आत्मसमर्पण गरेपछि उनले यस्तो बयान दिएका हुन् । बुवा र भाइको हत्यापछि आफूले पनि आत्महत्या गर्न खोजेको पनि उनको दाबी छ ।
गलवन्दीको पासो लगाएर झुण्डिएको तर गाँठो फुस्किएर बाँचेको उनले बताएका छन् ।
मिलनको बयान यस्तो छः
बुबा पनि डिप्रेसनको बिरामी । एकचोटि आत्महत्या प्रयास गर्नुभएको थियो । म नबाँचेपछि परिवारका अरु कसरी बाँच्लान् भन्ने लाग्यो । त्यसैले मभन्दा पहिला बुबाआमा मर्नुपर्छ भन्ने ठानेँ । दशैंमा गाउँ गएको बेला मार्ने प्रयास गरेको थिएँ । तर वातावरण मिलेन ।
अहिले बुवा उपचार गर्न आएको बेला ‘उपयुक्त’ मौका छोपेँ । हामी सबैले न्याय र मुक्ति पाउने भयौं भन्ने लागेर बुवा र भाइलाई मारेँ ।
हत्यापछि म भक्तपुरकै बिरुवा गएँ । गलबन्दीको पासो लगाएर रुखमा झुण्डिएँ । तर गलबन्दीको गाँठो फुस्कियो । भगवानले मलाई ‘नमर’ भनेजस्तो लाग्यो । बुवा र भाइ मरेपछि मैले आमाको रेखदेख गर्नुपर्छ भन्ने सोचेँ ।
त्यहाँबाट म भक्तपुर दरबार स्क्वायर गएर दिनभरि बसेँ । साँझ परेपछि चावहिलको सगरमाथा होटलमा कोठा लिएर बसेँ । त्यहाँ दुई रात बसेपछि आज बिहान पत्रिकामा समाचार देखेँ । त्यो पत्रिका बोकेर कोटेश्वरतिर गएँ । तर, त्यहाँ पुग्दा गल्ती ठाउँमा पुग्दैछु जस्तो लागेर गाडीबाट ओर्लिएँ । महाराजगञ्जको गाडी चढेँ । महाराजगञ्जको पुलिस अफिसको सरलाई पत्रिका देखाएर ‘यो मै हो’ भनेँ ।
क्याटेगोरी : अपराध/सुरक्षा
ट्याग : #breaking, #प्रहरीमा मिलनको बयान : दसैंमा बुवा-आमालाई मार्न खोजेको थिएँ, #वातावरण मिलेन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्