सुनका गरगहनासहित नगद चोरी गरी फरार युवक पक्राउ

गोरखा । गोरखा नगरपालिका बजार क्षेत्रमा सुनका गरगहनासहित नगद चोरी गरी फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । नगरपालिकाको वडा नं ५ स्थित मार्गदर्शन टोलका अमृतबहादुर घर्तीको कोठाबाट नगद रु एक लाख र करिब एक तोला सुन चोरी गरी भागेका २१ वर्षीय सुकबहादुर कुँवरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए ।
पक्राउ परेका सिरानचोक गाउँपालिका–१ घर भएका कुँवरले गत बुधबार घर्तीको कोठमा पसी दराज फोडेर नगद र गरगहना चोरी गरी भागेका थिए । घटनाको जानकारी पाएलगत्तै अनुसन्धान अघि बढाएको प्रहरीले कुँवरलाई घरबाट नै पक्राउ गरेको थियो । उनबाट चोरी गरेका नगद रु ४७ हजार ३१० समेत बरामद गरेको प्रहरीले बताएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा
ट्याग : ##गरगहनासहित नगद चोरी, ##गोरखा, #hot
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्