छिमेकी मुलुकहरुको हेपाहा प्रवृत्तिविरुद्ध लड्न राष्ट्रभक्त नेपालीहरु एक हुनुपर्छः पूर्वराज्यमन्त्री खड्का

नेपाली कांग्रेसका नेता तथा पूर्वराज्यमन्त्री दिपक खड्काले विश्व कोरोनाभाइरसको महामारीसँग जुधिरहेकै बेला भारतले नेपाली भूमि लिपुलेकमा सडक विस्तार गरेको भन्दै आपत्ति जनाउनुभएको छ । भातरले नेपाली भूभाग लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडक विस्तार गरेपछि नेपालमा यसको चौतर्फी विरोध भइरहेको छ ।
उहाँले छिमेकी मुलुकहरुद्वारा गरिएको यस प्रकारको निन्दनीय, घृणीत र हेपाहा प्रवृत्तिका कृयाकलापहरु तत्काल बन्द गरी नेपालको संप्रभुता र राष्ट्रिय अखण्डताको कदर तथा सम्मान गर्दै तत्काल गल्ती सच्याउन समेत आग्रह गर्नुभएको छ ।
एक विज्ञप्ति जारी गर्दै पूर्वराज्यमन्त्री खड्काले भारतको यस किसिमको कूकार्यले नेपाल र नेपालीलाई मर्माहीत तुल्याएको उल्लेख गर्नुभएको छ । उहाँले छिमेकी मुलुकहरुद्धारा गरिएको दुस्कृत्यको बिरोध गर्न आम राष्ट्रभक्त नेपालीहरु एक हुनुपर्नेमा जोड दिनुभएको छ ।
खड्काले पञ्चशिलको सिद्धान्तको पालना गरी छिमेकी मुलुकसँग गरिने उचित सम्मान सहितको व्यवहार गर्न पनि छिमकी राष्ट्रहरुको ध्यानाकर्षण गराउनुभएको छ ।
उहाँले आफ्नो गृहजिल्ला संखुवासभा समेत उत्तरमा छिमेकी मित्र राष्ट्र चीनसँग सीमाना जोडिएको हुँदा यस प्रकारका समस्याहरु नआउने गरी सीमा सुरक्षा सम्बन्धी स्पष्ट कार्य योजनाका साथ कार्य प्रारम्भ गर्न सरकारसमक्ष जोडदार माग गर्नुभएको छ ।
विज्ञप्तिको पूर्णपाठ
विज्ञप्ति
इतिहासमा कहिल्यै पराधीन नभएको र वीर गार्खालीहरुको अदम्य साहस तथा बलीदानीबाट एकाकार भएको सार्बभौम मुलुक हो हाम्रो देश नेपाल । विश्व उपनिबेस तथा साम्राज्यवादको कहालीलाग्दो अवस्थाबाट गुज्रदै गर्दा समेत हाम्रा वीर पुर्खाहरुको थोपाथोपा रगतद्धारा सिंचीत भई सदैब अपराजीत र सार्बभौम रहँदै आएको हाम्रो गौरवसाली इतिहास हेको छ । हाम्रा पुर्खाले राष्ट्रिय अखण्डता र सिमा रक्षाका लागि ज्यान उत्सर्ग गर्न समेत पछि नपर्न सिकाएर गए र हामी तीनै पुर्खाले दिक्षीत गरेका सन्ततीहरु हौं । हामीलाई अरुको भुगोलप्रति किन्चीत लालच छैन र हाम्रो मात्री मूमिप्रति लालच राख्नेबिरुद्ध बलीदान दिन समेत हामीले हाम्रो गौरवसाली इतिहाँस र पुर्वजहरु बाटसिकेका छौं ।
अहिले विश्व कोरोनाभाइरस COVOD-19 को महामारीसंग जुधिरहेको र ध्यानअन्तै मोडीएको मौका छोपी दक्षिणको छिमेकी मित्रराष्ट्र भारत र चीनको संयुक्त सम्झौतामा नेपालको पश्चिमी सीमानाका लिपुलेक, लिम्पीयाधुरा र कालापानी क्षेत्रको नेपाली भूमी हुँदै उत्तरी छिमेकी राष्ट्र चिनको स्वसासीत क्षेत्र तिब्बतको कैलास मानसरोबर जोड्ने सडक निर्माण गरी उद्घाटन समेत गरेको बिषयले हामी सबै राष्ट्रभक्त नेपालीहरु लाई आक्रोसित र मर्माहीत तुल्याएको छ । छिमेकीहरुले नेपालको स्वाधीनता र राष्ट्रिय अखण्डता प्रति पटक /पटक हेपाहाप्रबृत्ती देखाउँदै आएका छन् र यो यसैको निरन्तरता हो । छिमेकीहरु द्धारा गरीएको यस प्रकारको निन्दनीय, घृणीत र हेपाहा प्रबृत्तीका कृयाकलापहरु तत्काल बन्द गरी नेपालको संप्रभुता र राष्ट्रिय अखण्डताको कदर तथा सम्मान गर्दै तत्काल गल्ती सच्याओस् ।
छिमेकीहरु द्धारा गरीएको दुस्कृत्यको बिरोध गर्न आम राष्ट्रभक्त नेपालीहरु लाई ऐक्यबद्धताको लागि हार्दीक अनुरोध गर्दछु साथै छिमकी राष्ट्रहरु र सरकारहरुलाई पञ्चशिलको सिद्यान्तको पालना गरी छिमेकीमुलुक संग गरीने उचित सम्मान सहितको ब्यबहार गरीयोस् भनी ध्यानाकर्षण गराउँन चाहान्छु ।
मेरो गुहजिल्ला संखुवासभा समेत उत्तरमा छिमेकीमित्र राष्ट्र चिन संग सीमाना जोडीएको जिल्ला भएको हुँदा नेपाल सरकार समक्ष भविष्यमा यस प्रकारका समस्याहरु नआउँने गरी सिमा शुरक्षा सम्बन्धीस्पष्ट कार्य योजनाका साथ कार्य प्रारम्भ गर्न जोडदार मागगर्दछु ।
नेपाल सरकारले हाल छिमेकी मुलुकहरुले देखाएको हेपाहाप्रबृत्तीको डटेर सामना गर्दै मिचिएको नेपाली भूमि फिर्ता लिने र भविष्यमा समेत छिमेकीहरु द्धारा हुन सक्ने यस प्रकारका हेपाहा तथा निन्दनीय प्रबृत्तीको अन्त्यको लागि हदै सम्मको कूटनैतिक तथा आवश्यक परे अन्तराष्ट्रियकरण सम्मको बिकल्पहरुको खोजी गरी परिणाममुखी प्रयत्न अभिलम्ब प्रारम्भ गरोस् भनि म जोडदार अपिलगर्दछु ।
दिपक खड्का
पूर्व राज्यमन्त्री एवं संबिधान सभा सदस्य
संखुवासभा ।
क्याटेगोरी : राजनीति
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्