Techie IT
बुधबार, पुस २,२०८२

विद्यार्थी राजनीतिदेखि एमाले नेतृत्वसम्म : डीबी साउँद केन्द्रीय सदस्यका दावेदार


काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा युवा नेता डीबी साउँदले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। आगामी मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनमा युवा क्लस्टरबाट उनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।

साउँद विद्यार्थी राजनीतिदेखि नै सक्रिय नेता हुन्। २०५६/५७ सालदेखि अनेरास्ववियुमा आवद्ध भएका उनले काठमाडौंको अमृत साइन्स क्याम्पसमा करिब ६ वर्ष तीन कार्यकाल अध्यक्ष भएर नेतृत्व गरेका थिए। त्यसपछि क्रमशः अनेरास्ववियु केन्द्रीय कमिटीका सचिव, उपाध्यक्ष, नेकपा एमाले अछाम जिल्ला कमिटीका सचिवका रूपमा दुई कार्यकाल र अहिले प्रदेश कमिटीमार्फत संगठन सुदृढिकरणमा सक्रिय छन्।

पार्टीको १०औँ महाधिवेशनदेखि नै अछामबाट महाधिवेशन प्रतिनिधि रहँदै आएका साउँद ११औँ महाधिवेशनमा पनि प्रतिनिधिका रूपमा सहभागी हुँदै केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्न लागेका हुन्।

सुदूरपश्चिमको राजनीतिक तथा सामाजिक पृष्ठभूमिबाट उदाएका उनी जुझारु, स्पष्टवक्ता, संगठनमुखी र युवा पुस्तामा प्रभावशाली नेताका रूपमा चिनिन्छन्। कार्यकर्तामाझ उनको लोकप्रियता उच्च भएको उल्लेख गर्दै, धेरैले उनको जित ‘लगभग सुनिश्चित’ रहेको धारणा व्यक्त गरेका छन्।


क्याटेगोरी : राजनीति
ट्याग : #विद्यार्थी राजनीतिदेखि एमाले नेतृत्वसम्म : डीबी साउँद केन्द्रीय सदस्यका दावेदार


तपाईको कमेन्ट लेख्नुहोस्