ओली र पोखरेलबिच ३ घण्टा भेटवार्ता
नेकपा एमालेको ११ औँ महाधिवेशनको सरगर्मी बढिरहेका बेला पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग बिहीबार भेटवार्ता गरेका छन् ।
एमाले नेता महेश बस्नेतका अनुसार पोखरेल आफ्नो समूहका नेताहरू लिएर ओलीसँग भेट्न गुन्डु पुगेका हुन् । पोखरेलसँग अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे र योगेश भट्टराई पनि सहभागी थिए । भेटवार्ता करिब ३ घण्टासम्म चलेको थियो ।
उपाध्यक्ष पोखरेलले यसअघि नै अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहने घोषणा गरिसकेका छन् । अध्यक्ष ओलीले भने सहमतिमै नेतृत्व चयन गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।
महाधिवेशनको पूर्वसन्ध्या भएको यस भेटवार्तालाई चासोका साथ हेरिएको छ । बैठकमा भएको कुराकानीको विस्तृत विवरण भने सार्वजनिक भएको छैन ।
क्याटेगोरी : banner, राजनीति
ट्याग : #अध्यक्ष केपी वरिष्ठ उपाध्यक्ष पोखरेल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
- ८तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित






तपाईको कमेन्ट लेख्नुहोस्