Techie IT
बुधबार, मंसीर ११,२०८२

कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला


नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको विशेष भेलाले भोलि मंसिर ११  केन्द्रीय समितिको बैठकले विशेष महाधिवेशनको मिति तोकिनुपर्ने माग गरेको छ ।

असोज २८ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकले विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने भन्ने निष्कर्ष निकाल्न सकेको छैन।

भेलामा विशेष महाधिवेशनको पक्षमा रहेका पुराना पुस्ताका नेता, जिल्ला सभापति, नयाँ पुस्ता लगायतका नेताहरू सहभागी छन् ।

विशेष महाधिवेशनको माग गर्दै कांग्रेसका २ हजार ४९९ प्रतिनिधिले हस्ताक्षर सहित लिखित माग गरेका छन् ।

ललितपुरका पुराना कांग्रेस नेता ओमकारप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको भेलामा प्रदेश कार्यसमितिका सभापति,जिल्ला सभापति, पार्टीका केन्द्रीय सदस्य र महाधिवेशन प्रतिनिधिहरूको उपस्थिति छ । २०१४ सालमा विशेष महाधिवेशनमा भाग लिएका ८८ वर्षीय श्रेष्ठले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षरसमेत गरेका छन् ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #काँग्रेस


तपाईको कमेन्ट लेख्नुहोस्