केपी ओलीले गरे टोखा नगर कमिटीको सक्रियता र अनुशासनप्रति प्रशंसा , टोखामा आगजनीका विषयमा छलफल
 
	
				
			काठमाडौं । नेकपा (एमाले) टोखा नगर कमिटीले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेको छ। भेटघाटका क्रममा जेनेजी आन्दोलनपछि देशमा उत्पन्न राजनीतिक संकट, टोखामा भएका आगजनीका घटनालगायत विषयमा विस्तृत छलफल भएको नगर कमिटीका अध्यक्ष गोपी पाठकले जानकारी दिनुभयो।
भेटमा बागमती प्रदेश कमिटीका सदस्य तथा टोखा नगर मेयर प्रकाश अधिकारी, जिल्ला, क्षेत्रीयदेखि टोलस्तरका प्रतिनिधिहरू गरी ७१ जना सहभागी थिए।
अध्यक्ष पाठकका अनुसार देशको जटिल र संवेदनशील राजनीतिक अवस्थामाझ पनि नेकपा (एमाले) टोखा नगर कमिटीले संगठन सुदृढीकरण र जनमुखी कार्यक्रमलाई निरन्तरता दिँदै अगाडि बढिरहेको छ। उहाँले पार्टी र जनताप्रतिको उत्तरदायित्वमा दृढ रहँदै कुनै पनि परिस्थितिमा नगर कमिटी बिचलित नहुने स्पष्ट धारणा व्यक्त गर्नुभयो। साथै, जेनेजी आन्दोलनका क्रममा निधन भएकाप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।

अध्यक्ष ओलीले भेटमा नगर कमिटीको सक्रियता, अनुशासन र संगठनप्रतिको प्रतिबद्धताको प्रशंसा गर्दै कार्यकर्तालाई जनताको पक्षमा अडिग रहँदै अघि बढ्न निर्देशन दिनुभयो। उहाँले भन्नुभयो, “म बाँचुन्जेल मैले सकुन्जेल इमानदारीका साथ, दृढताका साथ सधैं नेपाली जनताको सेवामा रहनेछु। मबाट कहिल्यै बेइमानी हुनेछैन, यसमा सबैजना ढुक्क रहनुहोस्।”
भेटघाट कार्यक्रम गुण्डुमा सम्पन्न भएको थियो। कार्यक्रममा देशको वर्तमान राजनीतिक अवस्था, संगठन सुदृढीकरण, आगामी राजनीतिक योजना तथा जनसंपर्क विस्तारका विषयमा समेत व्यापक छलफल गरिएको थियो।
क्याटेगोरी : राजनीति
ट्याग : #ओलीले गरे टोखा नगर कमिटीको सक्रियता र अनुशासनप्रति प्रशंसा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+





 
					 
					 
					 
					
तपाईको कमेन्ट लेख्नुहोस्