अखिल नेतृ पछाईले भनिन् -उदेग लाग्दो अस्थिरताको चलखेल नगर

काठमाडौँ, १४ वैशाख । अनेरास्ववियुकी नेतृ मेनका पछाईले नेकपाका नेतालाई उदेग लाग्दो अस्थिरताको चलखेल नगर्न आग्रह गरेकी छन् ।
आज सामाजिक सञ्जालमा उनले नेतालाई आआफ्नो सत्ता र शक्तिको लालस मेटाउन मात्र नभई साच्चिकै कम्युनिस्ट आन्दोलनको हितमा लाग्न आग्रह गरेकी छन् ।
उनले केही कमिकमजोरी सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको पनि भएको हुनसक्ने भन्दै ति कमिकमजोरीलाई सच्याउदै अघि बढ्न जरुरी रहेको बताइन ।
उनले ५ बर्षको म्याण्डेट बोकेको बहुमतको प्रधानमन्त्रीको नेतृत्वको सरकारलाई दुईबर्ष नपुग्दै पार्टीभित्रबाटै किन यति चर्को चालबाज भन्दै मिलेर जान आग्रह गरेकी छन ।
उनले समाजिक सञ्जालमा लेखिकि छन् –चालबाजमा गर्दा जादा भोलि पालो तपाईहरुकै होला यस्तो अस्थिरताको चालबाजले भोलीको आफ्नो अबस्थाको पनी हेक्का राखौ होला कम्रेडहरु । बाँकी हिसाबकिताब भोली जनताले गर्नेछन र ईतिहासले समिक्षा गर्नेछ ।
उनले राजनीतिमा आफ्नो सत्ता, शक्तिको बर्चश्व कायम गर्न रणनितीक कदम र जनपक्षीय काम गर्दै सत्तालाई दिगो तुल्याइराख्न कुनै पनि राजनीतिक नेतृत्वको चरम इच्छा शक्ति हुने कुरा धु्रवसत्य कुरा नै हो भनेकी छन ।
उनले तर सत्ता र शक्ति लालसमा हामी यति धेरै लोबी हुन सक्छौ भन्ने कुरा नेपाली राजनीतिमा अहिले बिषेश गरी नेकपामा नेताहरुको नियतमा देखिन थालेको उल्लेख गरेकी छन् ।
कर्णाली प्रदेश सदस्य समेत भएकी उनले नेकपाको एउटा जिम्मेवार कार्यकर्ताको हिसाबले आ–आफ्नै बिरासत बोकेका दुईटा ठुला पार्टी र त्यसमा लामबद्ध हजारौ कार्यकर्ता र लाखौ जनताको हितका लागि नेपालमा कम्युनिस्ट आन्दोलनलाई सफल पार्न र राजनीतिक स्थायित्व कायम गर्दै समाजवादको मोडल स्थापित गर्न पार्टी एकीकरण गरेकोले त्यसै अनुसार काम गर्न आग्रह गरेकी छन् ।
क्याटेगोरी : राजनीति
ट्याग : #अखिल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्