काँग्रेसले पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्दै
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मुुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न पार्टीको पदाधिकारीको बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बिहान बोलाइएको बैठकमा सरकारले सोमबार दुई अध्यादेश जारी गरेको सम्बन्धमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
कोरोनाको सङ्क्रमणसँग पूरै विश्व एक भएर लडिरहेका बेला सरकारले सोमबार संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी दुई अध्यादेश जारी गरेकोप्रति काँग्रेसले गम्भीर असहमति प्रकट गरिसकेको छ । सरकारको उक्त कदमपछि कसरी अघि बढ्ने भन्ने सम्बन्धमा बैठकमा छलफल हुने बताइएको छ । सभापति देउवाले सोमबार नै एक वक्तव्यमार्फत विधेयक तत्काल फिर्ता लिन माग गर्दै कोरोनाबाट जनताको जीवनरक्षामा सम्पूर्णरूपले केन्द्रित हुन सरकारलाई अपिलसमेत गर्नुभएको छ ।
क्याटेगोरी : राजनीति
ट्याग : #काँग्रेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्