आजै एमाले फर्किने तयारीमा रहेका वामदेव भन्छन्- पहिले पार्टी अनिमात्रै पदको कुरा हुन्छ

काठमाडौं । पार्टी एकता राष्ट्रिय अभियानको संयोजक तथा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम आज नेकपा एमालेमा फर्किँदैछन् ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग दुई चरणमा भएको छलफलपछि उनी आज एमालेमा प्रवेश गर्न लागेका हुन् ।
उनले भने, ‘म तयार भएर बसेको छु । उताबाट खबर आएको छैन ।’
एमालेमा तपाईँको भूमिका के हुन्छ रु भन्ने प्रश्नमा उनले पहिले पार्टी प्रवेश गर्ने त्यसपछि पदको कुरा गर्ने बताए ।
उनले भने, ‘पहिले पार्टी अनि मात्रै पदको कुरा हो । आजै प्रवेश गर्ने भन्ने कुरा हो । कति बेला जने भन्ने खबर आएको छैन खबर आएको छैन ।’
एकीकृत समाजवादीले एकताका नाममा अलमल्याएको र शंकाको दृष्टिले हेरेको भन्दै उनी एमालेमा जान लागेका हुन् । बामदेवको साथ छाडेका केही नेताहरू भने माओवादी केन्द्रमा जाने तयारी गरिरहेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #आजै एमाले फर्किने तयारीमा रहेका वामदेव भन्छन्- पहिले पार्टी अनिमात्रै पदको कुरा हुन्छ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्