भीम रावलद्वारा राजावादीसँग साँठगाँठको आरोप अस्वीकार- बालेनसँगको छलफलबारे के भने ?

कैलाली । मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले आफूलाई राजावादीसँग साँठगाँठ गरेको आरोपको अस्वीकार गरेका छन् । धनगढी आइपुगेका नेता रावलले आफूहरूले राष्ट्रहितलाई केन्द्रमा राख्ने सबैलाई समेटेर अघि बढ्ने बताए ।
उनले भने, ‘नेपालमा विभिन्न समूहहरू छ्न् । नागरिक, बुद्धिजीवी, राजनीतिक दलसँग आवद्ध व्यक्तिहरू छन् । उहाँहरूसँग छलफल गरेर अघि बढ्छु । मैले भनेकै हुनुपर्छ भन्ने छैन । सबैसँग छलफल गरेर नै अघि बढ्ने हो । हामीले आफ्नो नीतिसहित अभियान सुरू गरेका छौं । अब छलफलको क्रममा सबैसँग हामी खुला छौं ।’
काठमाडौं महानगरका मेयर बालेन शाहसँगको सम्भावित सहकार्यमा पनि आफू खुला रहेको बताए ।
बालेनबारे सोधेको प्रश्नमा उनले भने, ‘यो देशको हित चाहने, अहिलेको अवस्थामा देश भएन । अहिले ठूला राजनीतिक दलहरू भागबन्डामा केन्द्रित भएका छन् । त्यसैले राष्ट्रसहितमा अगाडि बढ्ने बालेनजी हुनुहुन्छ कि जोजो हुनुहुन्छ, ती सबलाई एकजुट गरेर राष्ट्रको हितमा अगाडि बढ्छौं ।’
उनले एमालेले आफूलाई राजावादीसँग साँठगाँठ गर्यो भन्नुभन्दा पनि आफ्नो पार्टीमा कस्ताकस्ता मान्छे छन् हेर्न सुझाव दिए ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #भीम रावलद्वारा राजावादीसँग साँठगाँठको आरोप अस्वीकार- बालेनसँगको छलफलबारे के भने ?
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्