प्रचण्डको जिकिर- राष्ट्रपतिलाई धर्मसंकटमा पारेर ओलीलाई प्रधानमन्त्री बनाइयो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस र एमालेबीच भएको सहमतिपछि एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बन्न नदिने रणनीतिका साथ आफूले प्रतिनिधिसभामा विश्वासको मत लिएको बताएका छन् ।
सिन्धुपाल्चोकको सुकुटेमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अहिलेको सरकार असंवैधानिक ढंगले बनेको दाबी गरे ।
उनले भने, ‘मैले विश्वासको मत नपाएपछि संविधानको धारा ७६ को ३ अनुसार बन्नुपर्ने थियो । तर, उहाँहरूले संविधान मिच्नुभयो । राष्ट्रपतिजी चाहिँ ३ अनुसारको सरकार बनाउन तयार पनि हुनुहुन्थ्यो । कांग्रेसको प्रधानमन्त्री हुनुपर्थ्यो । तर, राष्ट्रपतिमाथि यस्तो दबाब दिइयो कि उहाँलाई धर्मसंकटमा पारियो भन्ने मेरो बुझाइ छ । उहाँले थाहा पाएर पनि संविधानअनुसार ३ कै सरकार बन्नुपर्ने हो । त्यसो गर्दा देउवाको नेतृत्वमा सरकार बन्थ्यो ।’
उनले सरकारको गन्तव्य राम्रो उद्देश्यले नबनेको भन्ने जनताले बुझिसकेको बताए । उनले आफ्नो पार्टी अहिले सरकार गिराउने खेलमा नरहेको बताए ।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #प्रचण्डको जिकिर- राष्ट्रपतिलाई धर्मसंकटमा पारेर ओलीलाई प्रधानमन्त्री बनाइयो
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्