प्रचण्डको यस्तो कार्ययोजना ः काठमाडौंसहित शहरी क्षेत्रमा माओवादीलाई ‘नम्बर वान’ बनाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौं उपत्यकासहित शहरी क्षेत्रको जनमत बढाउने कार्ययोजना पेस गरेका छन् । जारी केन्द्रीय कमिटीको बैठकमा शहरी क्षेत्रमा जनमत बढाउने केही योजना सार्वजनिक गरेका हुन् ।
काठमाडौं उपत्यकासहित शहरी क्षेत्रमा माओवादीको जनमत कमजोर छ । प्रचण्डले उपत्यकाको ऐतिहासिक पुरातात्विक सांस्कृतिक महत्वको व्यक्तित्व, संस्था र सम्पदाहरूको जगेर्ना गर्ने, सहरीकरणको बसोबास व्यवस्थित बनाउने, पराम्परागत सम्पदा, सांस्कृतिक धरोहर र संस्कृति रक्षासहितको विकास, फोहोर व्यवस्थापन, खानेपानी र ढल निकासको व्यवस्थामा जोड दिनुपर्ने प्रस्ताव अघि सारेका छन् ।
यस्तै, सार्वजनिक यातायातको व्यवस्थापन, नदी किनारका बस्तीहरुको व्यवस्थापन, सुकुमबासी समस्या समाधानलगायतका विषय उल्लेख गरेका छन् ।
माओवादीको जारी बैठकमा अहिले अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्तावमाथि नेताहरूले आफ्नो धारणा राखिरहेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #प्रचण्डको यस्तो कार्ययोजना ः काठमाडौंसहित शहरी क्षेत्रमा माओवादीलाई ‘नम्बर वान’ बनाउने
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्