राप्रपा नेपालको केन्द्रीय समिति बैठक पुस १९ र २० गते

काठमाडौं, १६ पुस । राप्रपा नेपालको केन्द्रीय कार्यसमितिको बैठक यही पुस १९ र २० गते काठमाडौंमा बस्ने भएको छ ।
बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुलुकको समसामयिक परिस्थिति र पार्टीको भावि कार्यदिशा र कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यसूची रहेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
उनका अनुसार बैठकमा पार्टीका पदाधिकारीबाट संगठन, प्रशिक्षण, महाधिवेशन, आन्दोलन र आर्थिक विषयमा प्रतिवेदन पेश हुनेछ । उनले अहिले मुलुकमा ब्रम्हलुट र मनपरितन्त्र रहेको भन्दै त्यसको विकल्प आन्दोलन भएकाले बैठकमा सबै राष्ट्रवादी, प्रजातन्त्रवादी, हिन्दुवादी, राजावादीहरु एक भएर आन्दोलनमा जानुपर्नेमा विशेष जोड दिइनेसमेत बताए । स्थानीय तहहरुको अधिवेशन, भातृ संगठनहरुको क्रियाशिलताका बारेमा पनि बैठकमा छलफल हुने उनको भनाइ छ ।
यसैगरी, बैठकमा पुस २७ गते राष्ट्रिय एकता दिवस भव्यतापूर्वक मनाउनेसमेत निर्णय हुने बताइएको छ ।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #राप्रपा नेपालको केन्द्रीय समिति बैठक पुस १९ र २० गते
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्