प्रस्तावित राजदूत नेपालीको संसदीय सुनुवाइ गर्न कार्यतालिका परिमार्जनसहित पारित

श्रीलङ्काका लागि प्रस्तावित राजदूत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ सम्पन्न गर्न संसदीय सुनुवाइ समितिको कार्यविधि सचिवालयबाट प्रस्तावित कार्यतालिका परिमार्जनसहित पारित भएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले श्रीलङ्काका लागि प्रस्तावित राजदूत नेपालीको संसदीय सुनुवाइ सम्पन्न गर्न संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को दफा १५ बमोजिम सचिवालयबाट प्रस्तावित कार्यतालिका परिमार्जनसहित पारित गरेको हो ।
बैठकमा समिति सभापति ईश्वरीदेवी न्यौपानेले श्रीलङ्काका लागि नेपाली राजदूत पदमा प्रस्तावित व्यक्तिलाई आमन्त्रण गरी छलफल गर्नेलगायतका कार्य गरी सुनुवाइ प्रक्रिया सम्पन्न गर्ने विषयक सम्बन्धमा संसदीय सुनुवाइ समितिको कार्यविधि बमोजिम सचिवालयबाट प्रस्तावित कार्यतालिका परिमार्जनसहित पारित गर्न समितिसमक्ष प्रस्ताव राख्नुभएको थियो ।
प्रस्तावलाई समितिका बहुमत सदस्यले सर्वसम्मतले पारित गरेका हुन् । मङ्सिर ६ गते बसेको मन्त्रिपरिषद् बैठकले कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ का नेपालीलाई श्रीलङ्काका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।
उहाँले भन्नुभयो, ‘‘श्रीलङ्काका लागि नेपाली राजदूत पदमा प्रस्तावित व्यक्तिलाई आमन्त्रण गरी छलफल गर्नेलगायतका कार्य गरी सुनुवाइ प्रक्रिया सम्पन्न गर्ने सम्बन्धमा संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को दफा १५ बमोजिम सचिवालयबाट प्रस्तावित कार्यतालिका परिमार्जनसहित पारित गरिदिनुहुन अनुरोध छ ।’’ समितिको अर्को बैठक पुस १४ गते १ बजे बस्ने गरी बोलाइएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #प्रस्तावित राजदूत नेपालीको संसदीय सुनुवाइ गर्न कार्यतालिका परिमार्जनसहित पारित
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्