जनतामा फैलँदै गएको निराशा तोड्न ‘समृद्धिका लागि संकल्प यात्रा’ सफल : शंकर पोखरेल

काठमाडौं, २८ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्रा नागरिकमा आशा जगाउन सफल भएको बताएका छन् । अभियानको क्रममा नागरिकमा सोचे भन्दाबढी उत्साह देखिएको पोखरेलले बताए । भविष्य प्रतिको आशा जगाउने कुरामा यात्रा सफल भएको उनको भनाइ छ ।
समाजलाई वस्तुगत आधारमा आशावादी बनाउनु पर्नेमा उनले जोड दिए । ‘नेपालको राजनीति प्रति चासो राख्ने हरेक नागरिकले यो यात्रालाई सफल र सार्थक यात्राका रूपमा चित्रण गरेका छन्, जनतामा फैलँदै गएको निराशा तोड्ने कुरामा यो यात्रा अभूतपूर्व रूपमा सफल रह्यो’, महासचिव पोखरेलले भने ।
बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मको एमाले अध्यक्ष केपी आलीप्रतिको आकर्षण अभूतपूर्व पाइएको उनले बताए । फरक बिचार राख्ने अभिभावकका बालबालिका समेत ओलीलाई हेर्न र भेट्न यात्रामा सामेल भएको उनले सुनाए । कथित बौद्धिक जमातले नेतृत्वको आलोचना गर्ने गरेको भए पनि जनताको हेर्ने दृष्टिकोण भने फरक भएको कुरा यात्राको क्रममा प्रमाणित भएको पोखरेलले बताए ।
नागरिकको उत्साहजनक सहभागिताको कारण निर्धारण गरे भन्दा धेरै ठाउँमा कार्यक्रम गर्नुपरेको उनले बताए । नागरिक सडकमा आएपछि उनीहरूलाई उपेक्षा गरेर अघि बढ्न नसकिने भएको कारण यात्राको समय लम्बिएको पोखरेलको भनाइ छ । यो यात्रा ठिक समयमा गरिएको ठिक निर्णय भएको प्रमाणित भएको उनको विश्लेषण छ ।
क्याटेगोरी : राजनीति, समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्