वीरगंजमा आयोजित रात्रिकालीन दशैं बजारको योगदान महत्वपूर्ण : मुख्यमन्त्री यादव

वीरगंज । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले अर्थतन्त्रलाई चलायमान बनाउन बीरगंज महानगरपालिकाले आयोजना गरेको रात्रि बजार अन्तरगतको दशैं बजारले महत्वपूर्ण योगदान पुर्याएको बताउनु भएको छ ।
वीरगंज महानगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, युवा उद्यमी मञ्च, ग्रिनसिटी सामुदायिक केन्द्र, हुमेन क्रिएशन, लगायतका एक दर्जन संघ संस्थाहरूको आयोजनामा वीरगंजमा जारी रात्रि मेलाको गएराति अवलोकन गर्दै मुख्यमन्त्री यादवले विशेष गरी घरेलु उत्पादन, नेपाली हस्तकला, तराई मधेशका लोक प्रिय खाना लगायत दैनिक उपभोग्य वस्तु एकै ठाउँमा सस्तो मूल्यमा उपलब्ध गराउन महानगरपालिकाले आयोजना गरेको रात्रिकालीन दशैं मेला सम्भवतः मुलुकमै पहिलो चोटि आयोजना भएको बताउनुभयो ।
उहाँले रात्रिकालीन दशैं मेलामा उपभोक्तासँगै साना व्यवसायीहरू बाढी लाभान्वित भएको दाबी गर्दै वीरगंज महानगरपालिकाले आयोजना गर्दै आएको रात्रिकालीन बजारले दिनमा व्यस्त उपभोक्ताहरूलाई रातको समयमा शान्तिपूर्ण तरिकाले उपभोग्य सामानको खरिद गर्ने अवसर जुटाएको दाबी गर्नु भयो
कार्यक्रममा वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले रात्रिकालीन मेलालाई महानगरले यस पटक रात्रिकालीन दशैं बजारको रुपमा रूपान्तरण गरेको बताउँदै आगामी दिनमा समेत रात्रिकालीन मेलालाई निरन्तरता दिइने दाबी गर्नुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्