८ भाइले युद्ध जितेपछि सबै कुरा बिर्सियौं : उद्धव थापा

विराटनगर : नेपाली कांग्रेस संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री उद्धव थापाले कोसी प्रदेशमा देखिएका समस्या समाधानका निम्ति सबै दल मिलेर सरकारलाई साथ दिनुपर्ने बताएका छन्।
बुधबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री केदार कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा भाग लिँदै नेता थापाले पक्ष/प्रतिपक्षी नभनेर सरकारलाई साथ दिन आग्रह गरेका हुन्।
‘एमालेका सांसदहरूलाई मेरो अनुरोध छ। कोसी प्रदेशको समाधानको निम्ति सरकारलाई साथ दिऔं,’उनले भने,’प्रदेशलाई प्रगतिको बाटोमा अगाडि बढाउने कुरामा हामीले निरन्तरता दिनुपर्छ।’
उनले कार्कीलाई मुख्यमन्त्री बनाउन कांग्रेसबाट विद्रोही गरेर गएका शेखर कोइराला पक्षका ८ सांसदहरूलाई पार्टीले स्वागत गरेको जिकिर गरे।
‘कांग्रेसको ८ भाइ दलभित्र झगडा गर्नुभयो। कराउनु भयो। कुन्ठा बोक्नुभयो। संघर्ष गर्नुभयो। अन्तमा युद्धको मैदानमा पुग्नु भयो। युद्ध पनि जितेर आउनुभयो। युद्ध जितेर घरमा आउनु भयो। फूलमाला लगाएर ह्यामीले स्वागत गर्नुको विकल्प छैन। युद्ध जितेपछि हामीले सबै कुरा बिर्सयौं,’उनले भने,’हामीले गले मात्रै लगाएनौं कांग्रेसले ८ भाइसँग कहिल्यै नटुट्ने गला जोड्यो। यो गला जोड्ने कथा नेकपा एमालेसँग सिकेको हो।’
उनले कांग्रेस २०४६ सालको आन्दोलनदेखि एमालेसँग निरन्तररुपमा कहिले सत्तापक्ष र कहिले प्रतिपक्षका रुपमा सहकार्य गर्दै आएको बताए। उनले भने,’एमाले पार्टीभित्र पनि द्वन्द्व छ। नेता कार्यकर्ताबीच द्वन्द्व छ। तर, झगडा भइसकेपछि कित स्वीकार्छ कि त पार्टी छोड्छ। भित्र आन्दोलन गर्छ तर परेको बेला गाला जोडिहाल्छ। चुनावको बेला यो देखेका छौं। आज हामीले पनि यो लेसन सिकेर ८ भाइसँग गाला जोडेको छ। यो कहिल्यै टुट्दैन।’
गठबन्धनबाट नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने सहमति भएको थियो। तर,कोइराला पक्षबाट कार्की एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।
क्याटेगोरी : ब्रेकिंग न्युज, राजनीति, समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्