एमाले अध्यक्ष ओली र कोसी प्रदेशका मुख्यमन्त्री कार्कीबीच बालकोटमा छलफल

काठमाडौं : कोसी प्रदेशमा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कांग्रेस सांसद् केदार कार्कीले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्। शनिबार मुख्यमन्त्रीमा नियुक्ति भएका उनी आज बिहान बालकोट पुगेर ओलीलाई भेटेका हुन्।
शनिबार काठमाडौं आएका कार्कीले कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालालाई निवासमै गएर भेटेका थिए। स्रोतका अनुसार कार्कीलाई देउवाले गठबन्धनको मर्मलाई आत्मासाथ गरेर अगाडि बढ्न आग्रह गरेका छन्।
बालकोट स्रोतका अनुसार अध्यक्ष ओलीले कार्कीलाई बालकोटमा मुख्यमन्त्री भएकोमा बधाइ तथा शुभकामना दिए। उनले पार्टीभित्रै गलत कदमका विरुद्ध उभिन सकेकोमा पनि कार्कीलाई बधाइ समेत दिए।
उनले कोसी प्रदेशमा भएको असंवैधानिक राजनीतिलाई अबको नेतृत्वले सच्याउने आशा व्यक्त गरे। मुख्यमन्त्री कार्कीले आज पद तथा गोपनयिताको सपथ ग्रहण गरेर मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन्। स्रोतका अनुसार कांग्रेसको विद्रोही पक्षबाट एक जना र एमालेबाट एकजना मन्त्री बनाउने तयारी भइरहेको छ। कार्की विराटनगर आएपछि थप छलफल हुने एक सांसदले बताए।
कार्की संविधानको धारा १६८ (५) अन्तर्गत कोसीको मुख्यमन्त्री नियुक्त भएका हुन्।
क्याटेगोरी : bannernews, राजनीति, समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्