नेकपा एमाले सुदूरपश्चिम अधिवेशन : अध्यक्षमा चार जनाको उम्मेदवारी

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अधिवेशनअन्तर्गत उम्मेदवारी मनोनयन दर्ता भएको छ । दुई दिनसम्म सर्वसम्मत गराउने शीर्ष नेताहरुको प्रयास असफल भएपछि अन्ततस् आज उम्मेदवारी मनोनयनको प्रक्रिया अगाडि बढेको हो ।
अध्यक्ष पदमा चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षमा कमल तिमिल्सिना, कृष्णप्रसाद जैसी, भरत साउद र बचनबहादुर सिंहको उम्मेदवारी परेको छ ।
यस्तै एक उपाध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी परेको निर्वाचन कमिटीले जानकारी दिएको छ । हरिसिंह साउद, कालीबहादुर शाही, हजारी साउद, बलदेव रेग्मी र रणबहादुर महराले उम्मेदवारी दिएका छन् ।
एक सचिव पदका लागि रणबहादुर चन्द, राजेशकुमार खाती र रनतराज रेग्मीबीच प्रतिस्पर्धा हुने भएको छ । यसैगरी महिला उपसिचव पदका लागि भागरथी विष्ट तिमिल्सिना, कन्दकला राना र अर्चना गहतराजले मनोनयन दर्ता गरेको निर्वाचन कमिटीले जनाएको छ ।
उपसचिव खुलाको एक पदमा ६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । अशोककुमार चन्द, नरबहादुर विक, राम दत्त जोशी, हरदेव जोशी, पल्लवराज भट्ट र सुरेन्द्रबहादुर पालको उम्मेदवारी परेको छ ।
मध्याह्न साढे १२ बजेसम्म उम्मेदवारी दर्ताको लागि समय थपिएको थियो । यसअघि बिहान साढे ११ बजेसम्मको समय तोकिएको थियो । यस्तै दिउँसो २ बजेसम्म उम्मेदवारी फिर्ताको समयावधि तोकिएको छ ।
यसअनुसार आजै साँझ ५ बजेदेखि नयाँ नेतृत्वका लागि निर्वाचन हुने प्रमुख निर्वाचन अधिकृत पदम पालले जनाएका छन् । अधिवेशनमा सुदूरपश्चिम प्रदेशका ६७५ प्रतिनिधी सहभागी छन् । अधिवेशनले अध्यक्षसहित १ सय ५५ सदस्य नयाँ नेतृत्व चयन गर्नेछ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #नेकपा एमाले, #नेकपा एमाले सुदूरपश्चिम प्रदेश
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्