एमाले गण्डकी प्रदेशको नेतृत्व चयनका लागि आज मतदान

काठमाडौं । नेकपा (एमाले) को गण्डकी प्रदेशको नयाँ नेतृत्व चयलका लागि बुधबर मतदान हुँदैछ ।
एमाले गण्डकीले चुनावी कार्यतालिका सार्वजनिक गर्दै नयाँ नेतृत्व चयनका लागि बुधबार दिउँसो १ बजेदेखि चुनाव हुने जनाएको हो ।
प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले बुधबार बिहान १० बजे उम्मेदवारी फिर्ता लिने समय दिईने र दिउँसो १ बजेदेखि चुनाव हुने जानकारी दिनुभएको हो । एमाले गण्डकीमा नयाँ नेतृत्व सहमतिमा चुनिने सम्भावना न्यून छ ।
गण्डकीमा पार्टी उपमहासचिव पृथ्वी सुब्बा गुरुङ (पिएस) र स्थायी कमिटी सदस्य खगराज अधिकारी (के.आर) को दुई समूहबीच टकराव छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्रीद्वय गुरुङ र अधिकारीबीचको लडाईले प्रदेश अधिवेशनलाई निर्वाचनतर्फ धकेलेको हो ।
उपमहासचिव गुरुङलाई एमाले केन्द्रीय उपाध्यक्ष विष्णु पौडेलको साथ छ भने पूर्व संगठन विभाग प्रमुख अधिकारीलाई महासचिव शंकर पोखरेलको साथ छ ।
गुरुङ समूहले नवराज शर्मालाई प्रदेश अध्यक्षमा अगाडि बढाउँदा अधिकारी समुहबाट मायानाथ अधिकारी अध्यक्षमा उठ्दैछन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #नेकपा एमाले
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्