Techie IT
सोमबार, वैशाख २२,२०८२

कांग्रेसले सरकारको नेतृत्व गर्ने सम्भावना : देउवा


काठमडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले सरकारको नेतृत्व गर्ने सम्भावना रहेको बताएका छन् ।

काठमाडौंमा आयोजित पार्टी निकट नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनमा बोल्दै संविधानअनुसार अहिले सरकार बनाउन कुनै दलको बहुमत नआएको बताए ।

‘आज हाम्रो पार्टी सरकारमा छ। भोलि सरकारको नेतृत्व गर्न सक्ने सम्भावना पनि छ। धेरै वर्ष सरकारको नेतृत्व गरेको पनि हो, तर अझै यो पार्टी एकदमै अहिलेको संविधानअनुसार कुनै पनि पार्टीले बहुमत प्राप्त गर्न सकेको छैन । तापनि भोलि हामी सबै लागेर नेपाली कांग्रेसलाई बहुमत ल्याउनेतिर हामी सबै लाग्यौं भने यसमा शिक्षक संघको पनि योगदान भयो भने हाम्रो पार्टीले बहुमत नै ल्याउन सक्ने सम्भावना छ ।’

अहिले संयुक्त सरकार भएको भएकाले कतिपय काम गर्न समस्या भएको बताए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #देउवा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
25°
Partly Cloudy
5:19 am6:41 pm +0545