नेकपा एसका नेताहरू एमालेमा फर्किनका लागि आन्तरिक छलफलमा

पोखरा । नेकपा एकीकृत समाजवादीबाट मंगलबार राजीनामा स्वीकृत भएपछि नेता चुडामणि जंगलीले भनेका थिए, ‘अब पार्टीमै लागेर राजनीति गर्ने भए एमालेमै फर्किएर गर्छु ।’
एकीकृत समाजवादीका केही वरिष्ठ नेताहरू नेकपा एमालेमा फर्किने तयारीका लागि छलफलमा जुटेका छन् । नेकपा एसका संस्थापक नेताहरू मुकुन्द न्यौपाने, केदार न्यौपाने र चूडामणि जंगली एमालेमा फर्किन इच्छुक देखिएका छन् ।
उनीसहित नेकपा एसका संस्थापक नेताद्वय मुकुन्द न्यौपाने र केदार न्यौपानेले पनि एमाले फर्किने संकेत गर्दै आएका छन् । केदारको राजीनामा स्वीकृत भइसकेको छ भने न्यौपाने छलफलमा छन् ।
यतिवेला उनीहरुसहित नेकपा एसका थप नेताहरुलाई एमालेमा फर्काउन उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सक्रिय देखिन्छन् । उपमहासचिव गुरुङ गण्डकी प्रदेशमा एकीकृत समाजवादीका बलिया मानिएका नेताहरुलाई एमालेमा फर्काउन छलफल तथा भेटघाट गरिरहेका छन् ।
एमाले स्रोतका अनुसार केन्द्रीय उपाध्यक्षसमेत रहेका केशवलाल श्रेष्ठ, पोलिटब्युरो सदस्य एवं गण्डकी प्रदेश सचिव प्रतापलाल श्रेष्ठ, हालका अध्यक्ष श्रीराम कार्की, एकीकृत समाजवादी तनहुँका पूर्वअध्यक्ष शंकरनारायण श्रेष्ठ एमालेमै फर्कने गरी छलफलमा छन् । ‘उहाँहरु आउन खोजिरहनुभएको छ, एमालेबाट कुन पद दिने छलफल भइरहेको छ । बिहीबार बस्ने पार्टीको सचिवालय बैठकले यस विषयमा निर्णय गर्ला’, स्रोतले भन्यो ।
गुरुङले एकीकृत समाजवादी तनहुँका नेताहरूसँग भेटेको तस्वीर बुधबार उनको सचिवालयबाट सार्वजनिक भएको छ । उक्त तस्वीरमा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठ, जिल्ला अध्यक्ष श्रीराम कार्कीसहित मनमाया श्रेष्ठ, मंगलप्रसाद श्रेष्ठ, रनसिंह नेपालीलगायतलाई देख्न सकिन्छ । उक्त भेटघाट केही दिनअघिको हो ।
उनीसहित नेकपा एसका संस्थापक नेताद्वय मुकुन्द न्यौपाने र केदार न्यौपानेले पनि एमाले फर्किने संकेत गर्दै आएका छन् । केदारको राजीनामा स्वीकृत भइसकेको छ भने न्यौपाने छलफलमा छन् ।
यतिवेला उनीहरुसहित नेकपा एसका थप नेताहरुलाई एमालेमा फर्काउन उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सक्रिय देखिन्छन् । उपमहासचिव गुरुङ गण्डकी प्रदेशमा एकीकृत समाजवादीका बलिया मानिएका नेताहरुलाई एमालेमा फर्काउन छलफल तथा भेटघाट गरिरहेका छन् ।
गुरुङले एकीकृत समाजवादी तनहुँका नेताहरूसँग भेटेको तस्वीर बुधबार उनको सचिवालयबाट सार्वजनिक भएको छ । उक्त तस्वीरमा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठ, जिल्ला अध्यक्ष श्रीराम कार्कीसहित मनमाया श्रेष्ठ, मंगलप्रसाद श्रेष्ठ, रनसिंह नेपालीलगायतलाई देख्न सकिन्छ । उक्त भेटघाट केही दिनअघिको हो ।
क्याटेगोरी : राजनीति
ट्याग : #नेकपा एसका नेताहरू
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्