प्रधानमन्त्री र मन्त्रीहरूबीचमै सार्वजनिक मतभेद देखिनु राम्रो लक्षण होइन : रघुजी पन्त

काठमाडौँ । नेकपा एमालेका सांसद् रघुजी पन्तले संविधानका आधारभूत संरचनाहरूमै प्रधानमन्त्री र मन्त्रीहरूबीचमा सार्वजनिक मतभेद देखिएको भन्दै आलोचना गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले संविधानबमोजिम शपथ लिएको मन्त्रीले संविधानको भावनाविपरीत बोल्न नहुने बताए ।
‘प्रधानमन्त्रीले संघीयताविरुद्व बोल्नेलाई स्पष्टिकरण सोध्छु भन्नुभएको भोलिपल्ट सरकारका मन्त्रीहरूले संघीयता रहनुहुँदैन भनेर बोल्नुभयो, प्रधानमन्त्रीले अहिलेसम्म स्पष्टिकरण सोधेको थाहा छैन,’ उनले भने, ‘प्रधानमन्त्री र मन्त्रीहरूका बीचमा सार्वजनिक विवाद भएको राम्रो होइन । संविधानको आधारभूत संरचनाहरूकै बारेमा प्रधानमन्त्री र मन्त्रीहरूको धारणा बाझिने कुरा लोकतन्त्रको लागि राम्रो लक्षण होइन । मन्त्रिपरिषद्मा बसेर संविधानको बर्खिलाप गर्न पाइँदैन ।’
उनले धर्मका कारण विश्वमा धेरै युद्धहरू भएपनि नेपालले शान्तिको सन्देश दिएको बताए । ‘नेपाल बुद्ध जन्मिएको देश हो । बुद्ध विश्व शान्तिका दुत हुन् । त्यसैले हामी यहाँ धर्मका माध्यमबाट जोडियौँ, जोड्ने माध्यम बनाऔँ,’ उनले भने, ‘यो सरकारले स्थिरता दिन्छ होला, तर संविधानका आधारभूत विषयहरूमा प्रश्न उठाउन पाइदैन ।’
सांसद पन्तले अहिलेको सरकार संयुक्त सरकार भएकाले न्यूनतम साझा कार्यक्रमलाई आधार बनाएर सञ्चालित हुनुपर्ने बताए ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #रघुजी पन्त
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्