Techie IT
आईतबार, चैत्र ९,२०८१

प्रवास कमिटीको नेकपा एकता टुङ्गियो, कुन देशको नेतृत्व कसलाई ?


काठमाडौं, २० चैत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रवासका भ्रातृ सङ्गठनको एकता प्रक्रिया टुङ्गिएको छ । पार्टी एकता घोषणाको दश महिनापछि प्रवासमा रहेका तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादीबीचको नेतृत्व बाँडफाँड टुङ्गिएको हो ।

अब सचिवालय वा स्थायी कमिटीले अनुमोदन गरेपछि एकता प्रक्रिया औपचारिक रुपमा टुङ्गिनेछ । ३६ देशमा रहेका प्रवासी सङ्गठनमध्ये ३४ देशमा नेतृत्वको भागबन्डासहित एकता प्रस्ताव तयार भएको छ ।

तत्कालीन एमाले र माओवादीले पूर्वी एसिया, युरोप, अमेरिका, खाडी राष्ट्र, अस्ट्रेलिया र भारतलगायतका ३६ देशमा प्रवासी सङ्गठन बनाएका थिए ।

सहमति अनुसार तत्कालीन एमालेलाई १९ देशको नेतृत्व हात लागेको छ भने तत्कालीन नेकपा माओवादीलाई १५ देशको नेतृत्व दिने सहमति भएको छ ।

तत्कालीन एमालेलाई १९ देश

तत्कालीन एमालेले अमेरिका, क्यानडा, फिनल्यान्ड, पोर्चुगल, रसिया, चेक गणतन्त्र, इटली, फ्रान्स, पोल्यान्ड, जर्मनी, नर्वे, न्युजिल्यान्ड, कतार, बहराइन, कुवेत, इजरायल, दक्षिण कोरिया, हङ्कङ र भारतसहित १९ देशको नेतृत्व लिने सहमति जुटेको छ । यी देशमा तत्कालीन एमालेले नेतृत्व लिने सहमति भए पनि व्यक्तिबारे सहमति जुटेको छैन ।

तत्कालीन माओवादीलाई १५ देश

तत्कालीन माओवादीले स्विजरल्यान्ड, आयरल्यान्ड, बेल्जियम, नेदरल्यान्ड, अस्ट्रिया, स्विडेन, डेनमार्क, जापान, संयुक्त अरब इमिरेट्स, साउदी अरब, ओमन, साइप्रस, मलेसिया, मकाउ सहित १५ देशको नेतृत्व गर्ने सहमति जुटेको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #नेकपा एकता


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:02 am6:17 pm +0545