प्रवास कमिटीको नेकपा एकता टुङ्गियो, कुन देशको नेतृत्व कसलाई ?
काठमाडौं, २० चैत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रवासका भ्रातृ सङ्गठनको एकता प्रक्रिया टुङ्गिएको छ । पार्टी एकता घोषणाको दश महिनापछि प्रवासमा रहेका तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादीबीचको नेतृत्व बाँडफाँड टुङ्गिएको हो ।
अब सचिवालय वा स्थायी कमिटीले अनुमोदन गरेपछि एकता प्रक्रिया औपचारिक रुपमा टुङ्गिनेछ । ३६ देशमा रहेका प्रवासी सङ्गठनमध्ये ३४ देशमा नेतृत्वको भागबन्डासहित एकता प्रस्ताव तयार भएको छ ।
तत्कालीन एमाले र माओवादीले पूर्वी एसिया, युरोप, अमेरिका, खाडी राष्ट्र, अस्ट्रेलिया र भारतलगायतका ३६ देशमा प्रवासी सङ्गठन बनाएका थिए ।
सहमति अनुसार तत्कालीन एमालेलाई १९ देशको नेतृत्व हात लागेको छ भने तत्कालीन नेकपा माओवादीलाई १५ देशको नेतृत्व दिने सहमति भएको छ ।
तत्कालीन एमालेलाई १९ देश
तत्कालीन एमालेले अमेरिका, क्यानडा, फिनल्यान्ड, पोर्चुगल, रसिया, चेक गणतन्त्र, इटली, फ्रान्स, पोल्यान्ड, जर्मनी, नर्वे, न्युजिल्यान्ड, कतार, बहराइन, कुवेत, इजरायल, दक्षिण कोरिया, हङ्कङ र भारतसहित १९ देशको नेतृत्व लिने सहमति जुटेको छ । यी देशमा तत्कालीन एमालेले नेतृत्व लिने सहमति भए पनि व्यक्तिबारे सहमति जुटेको छैन ।
तत्कालीन माओवादीलाई १५ देश
तत्कालीन माओवादीले स्विजरल्यान्ड, आयरल्यान्ड, बेल्जियम, नेदरल्यान्ड, अस्ट्रिया, स्विडेन, डेनमार्क, जापान, संयुक्त अरब इमिरेट्स, साउदी अरब, ओमन, साइप्रस, मलेसिया, मकाउ सहित १५ देशको नेतृत्व गर्ने सहमति जुटेको छ ।
क्याटेगोरी : राजनीति
ट्याग : #नेकपा एकता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्