निर्वाचनको परिणामप्रति ओलीको टिप्पणी: सरकार बनाउनै गाह्रो, बनाए पनि टिकाउन गाह्रो

झापा । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको रक्षा, देशको विकास र समृद्धिबारे आम मतदातालाई गम्भीर बनाउन नसक्दा देशका लागि प्रतिकुल परिणाम आएको बताएका छन् ।
मंसिर ४ गते सम्पन्न प्रतिनिभि सभा र प्रदेश सभा निर्वाचनको मतपरिणामलाई लिएर ओलीले देशलाई कुन बाटो दिने, कस्तो देश बनाउने भन्ने कुरामा मतदाता गम्भीर र स्पष्ट नभएको पाइएको बताएका हुन् ।
झापा–५ मा ओलीले आज निर्वाचित भएको प्रमणपत्र ग्रहण गर्दै भने, ‘मतदानको परिणामले मतदातामा त्यो गम्भीरता नरहेको हो कि भन्ने देखिएको छ । यसमा हामी राजनीतिक पार्टीले जनतामा राम्रोसँग शिक्षा पुर्याउन नसकेको हो कि, अथवा जनताको मनोभावना वा समस्याहरू उपयुक्त ढङ्गबाट सम्बोधन गर्न नसकेको हो कि । जसले गर्दा जनतामा फेरि पनि अलिकति बहकाव, अलिकित उदासिनता जस्ता कुराहरू पनि देखिएका छन् । जसलाई आगामी दिनमा हामीले घटाउँदै जानुपर्छ ।’
युवाहरूमा राजनीतिक वितृष्णा र घृणाभाव नरहेको पुष्टि
ओलीले यो चुनावबाट युवाहरूमा राजनीतिक वितृष्णा र घृणाभाव नरहेको पुष्टि भएको बताएका छन् । युवा उम्मेदवारहरूको उत्साहजनक उम्मेदवारी र विजयीको श्रृङ्खलाबारे चर्चा गर्दै ओलीले भने, ‘नेपालमा निर्वाचनप्रति जनताको आकर्षण छैन, सिद्धियो भन्ने थियो । त्यो कुरा चाहिँ युवाहरूको उम्मेदवारकै पंक्ति देख्दा त्यो कुरा होइन रहेछ, युवाहरूमा राजनीतिप्रति आकर्षण छ भन्ने कुरा यसपटक देखिएको छ ।’
उनले राजनीतिकलाई फोहोरी खेलका रूपमा चित्रण गर्ने प्रवृत्तिका कारण युवाहरू त्यस खालको मनोभावना बढेको भए पनि यो चुनावले त्यसलाई खण्डन गरेको बताएका छन् ।
‘खाली राष्ट्रिय राजनीतिमा हामीले खेलवाडको रूपमा लिने होइन । राजनीति र निर्वाचन भनेको राजनीतिलाई लोकतान्त्रिक बनाउने र जीवन्त राख्ने आवधिक निर्वाचन हो,’ ओलीले भने, ‘यो आवधिक निर्वाचनलाई एउटा रमाइलोका रूपमा होइन, देशलाई कुन बाटो दिने, कस्तो देश बनाउने त्यस कुरामा गम्भीर भएर सोच्ने, गम्भीर भएर उम्मेदवार उठ्ने/उठाउने र मतदान गर्ने कुरा हो । ताकि एउटा मतले देशको भविष्य निर्धारण गर्छ भन्ने कुरा स्पष्ट हुन्छ । त्यो तय गर्छ एउटा मतले । किनभने सरकार बनाउने वा नबनाउने त्यसैमा निर्भर रहन्छ । आवधिक निर्वाचनलाई हामी सबैले त्यसै अनुरूप लिनुपर्दछ ।’
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्