वर्तमान शासकीय स्वरूपबाटै मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न सकिन्छ : अध्यक्ष ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली वर्तमान शासकीय स्वरूपबाटै मुलुकमा राजनीतिक स्थायित्व एवम् समृद्धि कायम गर्न सकिने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै अध्यक्ष ओलीले शासकीय स्वरूपले दिएको प्रणालीलाई सही रूपले व्यवस्थापन हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले अहिलेको शासकीय स्वरूपका प्रणालीमा कुनै व्यवधान नभएको भन्नुहुँदै यसलाई सही रुपमा कार्यान्वयन गर्न दलहरू गम्भीर हुनु आवश्यक रहेको बताउनुभयो ।
शासकीय स्वरूपका प्रणालीलाई सही रुपमा कार्यान्वयन गर्ने र व्यवहारमा उतार्ने विषयमा केही कमीकमजोरी रहेको भन्नुहुँदै अध्यक्ष ओलीले व्यक्तिमा रहेको आचरण र व्यवहारलाई परिवर्तन नगरेसम्म जुनसुकै शासकीय स्वरूप पनि सफल हुन नसक्ने बताउनुभयो ।
उहाँले शासकीय स्वरूप परिवर्तन गर्ने विषयमा अहिले नै हतार गर्ने बेला नभएको बताउनुहुँदै यस्ता विषयलाई, सल्लाह र समझदारीमा समाधान गर्न सकिने बताउनुभयो ।
मङ्सिर ४ गतेको निर्वाचनपछि आफ्नो पार्टीको बहुमत आउने बताउनुहुँदै उहाँले मुलुकको आर्थिक समृद्धिका लागि आफ्नो पार्टी सरकारमा हुँदा उल्लेखनीय काम गरेकाले एमालेप्रति जनताको विश्वास बढेको पनि बताउनुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #केपी शर्मा ओली
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्