गठबन्धनका उम्मेदवारबीच काठमाडौंका ५ क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा हुने
काठमाडौं । सत्तारुढ गठबन्धनले काठमाडौंका एउटा प्रतिनिधिसभासहित केही प्रदेशसभाका निर्वाचन क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा गर्ने भएका छन् । गठबन्धनको भागबण्डा नमिलेपछि पार्टीकै टिकट लिएर उठेका केही उम्मेदवारलाई मित्रवत् प्रतिस्पर्धामा कायम राखेर अन्यको निष्क्रिय बनाइएको छ ।
शीर्ष नेताहरूको सहमति अनुसार काठमाडौं १० मा प्रतिनिधि सभातर्फ कांग्रेसका राजेन्द्र केसी र माओवादी केन्द्रकी अन्जना विशुंखे दुवैलाई आधिकारिक उम्मेदवार मानेर मित्रवत् प्रतिस्पर्धा हुने भएको छ ।
त्यस्तै सोही क्षेत्रमा प्रदेशसभा १ नम्बर क्षेत्रमा पनि कांग्रेस र माओवादीबीच मित्रवत् प्रतिस्पर्धा हुने भएको छ । सो क्षेत्रमा कांग्रेसका पुकार महर्जन र माओवादी केन्द्रका दीलिप महर्जन उम्मेदवार छन् ।
त्यस्तै काठमाडौं क्षेत्र नम्बर ३ को प्रदेशसभा २ मा पनि मित्रवत् प्रतिस्पर्धा हुने भएको छ । कांग्रेसका विमल ठकुरी र माओवादी केन्द्रका महेश्वर फुयाल दुवै आधिकारिक उम्मेदवार बनेका छन् । सो क्षेत्रमा गठबन्धनको भागबण्डाविपरीत कांग्रेसले उम्मेदवारी दिएपछि प्रतिनिधिसभा र दुवै प्रदेशसभामा माओवादीका उम्मेदवार छन् ।
त्यस्तै काठमाडौं क्षेत्र नम्बर ५ को प्रदेश सभा क्षेत्र नम्बर २ मा पनि कांग्रेसका श्याम खड्का र नेकपा एसका बालकृष्ण श्रेष्ठबीच मित्रवत् प्रतिस्पर्धा हुने भएको छ भने क्षेत्र नम्बर ६ को प्रदेशसभामा पनि कांग्रेसका विष्णुभक्त तिमिल्सिना र माओवादी केन्द्रका प्रकाश फुयालबीच मित्रवत् प्रतिस्पर्धा हुने भएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #काठमाडौंका ५ क्षेत्रमा गठबन्धनका उम्मेदवारबीच मित्रवत् प्रतिस्पर्धा हुने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्