भक्तपुर कांग्रेसमा पहिरो, महेश बस्नेत जिताउनुपर्छ भन्दै एमाले प्रवेश गरे चर्चित हस्तीहरु

भक्तपुर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति नजिकिँदै जाँदा भक्तपुर कांग्रेसमा पहिरो जान थालेको छ । भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाले जमिन्दारी शैली अपनाउदै आएको भन्दै आगामी निर्वाचनमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई जिताउने अठोटसहित भक्तपरमा कांथ्रेस त्यागेर एमाले प्रवेशको लहर चलेको हो ।
यही क्रममा भक्तपुर २ का ५० जना भन्दा बढी युवाहरु कांग्रेस त्यागेर नेकपा एमालेमा प्रवेश गरेका छन । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोटमा बिहिबार साँझमा आयोजित एक कार्यक्रममा बालकोटकै नेपाली कांग्रेसका नेता चन्द्रकृष्ण श्रेष्ठसहित ३५ जना युवाहरु नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
त्यस्तै उक्त कार्यक्रम नेकपा एसका नेता तथा गत निर्वाचनका वडा अध्यक्षका उम्मेद्वार समेत भएर ४ सय ५७ मत ल्याउन सफल सिरुटारका नेता मिलन थापासहित १५ जना एमालेमा प्रवेश गर्नुभयो । एमाले अध्यक्ष ओलीले पार्टी प्रवेश गरेकाहरुलाई खादा लगाएर पार्टीमा स्वागत गर्नु भएको थियो भने भक्तपुर क्षेत्र नं २ का प्रतिनिधि सभाका उम्मेदवार महेश बस्नेतले टिका लगाइदिनु भएको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #भक्तपुर कांग्रेसमा पहिरो, #महेश बस्नेत
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्