सङ्खुवासभामा गठबन्धनको उम्मेदवार विजयी हुने दावी

यास/काठमाडौ – नेपाली काँग्रेस सङ्खुवासभा जिल्ला सभापति दिपक खड्काले मंसिर ४ मा हुने निर्वाचनमा गठबन्धन दलहरूले विजय हासिल गर्ने बताउनु भयो । काठमाडौमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभापति खड्काले प्रतिगमनकारी शक्तिलाई हराउन सङ्खुवासभाली जनता आतुर रहेकाले गठवन्धनको जीत सुनिश्चित रहेको बताउनुभएको छ।
गठबन्धनबाट जो उम्मेदवार भएपनि जिल्लाको विकास र परिवर्तनकालागि जित सबै एकतावद्द भइ प्रतिगमनकारीलाइ परास्त गर्नुपर्नेमा खड्काले जोड दिनुभयो। कार्यक्रम नेपाली काँग्रेस, सङ्खुवासभा र सङ्खुवासभा काठमाडौ सम्पर्क समितिले सङ्खुवासभालीसग चाडवाडको अवसर पारेर एकआपसमा शुभकामना आदानप्रदान गर्न आयोजना गरिएको हो ।
नेकपा माओवादीका केन्द्रीय सदस्य राजेन्द्र कार्कीले गठबन्धनमा रहेका दल इमान्दार भएर चुनावमा सहभागी हुनुपर्ने बताउनु भयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य उमेशजंग रायमाझीले दल भित्र लोकतान्त्रिक पद्धतिलाई सम्मान गर्ने परिपाटी गम्भीर ढंगबाट लिनुपर्ने समय आएको बताउदै उम्मेदवार बनाउदा गुटबन्दी नगर्न नेतृत्वलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा काँग्रेस प्रदेश उपसभापति टंक प्रसाद राई, पूर्व जिल्ला सभापति दिपनकुमार श्रेष्ठ र जनक थापा, नेकपा माओवादीका जिल्ला अध्यक्ष टेकमान राई, पूर्व सांसद विना पौडेल, डा गुप्त बहादुर श्रेष्ठ, क्याप्टेन दधिराम निरौला, पुर्वप्रशासक शारदाप्रसाद त्रिताल लगायत सङ्खुवासभाका लव्ध प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : राजनीति, विशेष, समाचार
ट्याग : #hot, #दिपक खड्का, #नेकपा ( माओवादी केन्द्र, #नेपाली कांग्रेस, #संखुवासभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्