समानुपातिक उम्मेदवार छान्दै दलहरु

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्द सूचना जारी गरेसँगै राजनीतिक दलहरु समानुपातिक तर्फको उमेदवारको नामावली तयार गर्न गम्भीर गृहकार्यमा जुटिरहेका छन।
निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची यही असोज २ र ३ गते बुझाउन सूचना जारी गरेसँगै दलहरू समानुपातिक उम्मेदवार छान्न गृहकार्यमा जुटेको हो ।
निर्वाचन आयोगले समानुपातिक सूची बुझाउन असोज २ र ३ गतेको समय तोकेपनि असोज १६ गतेभित्र दलहरुले बन्द सूचीका नाम फेरबदल गर्न सक्ने सुविधा दिइएको छ । यो सुविधा अनुसार दलहरुले आयोगको प्रक्रियाअनुसार असोज ३ भित्र निवेदन दिएपछि मात्रै कति दल समानुपातिक निर्वाचनमा सहभागी हुन्छन् भन्ने एकीन हुने निर्वाचन आयोगको जनाएको छ।आयोगले दल दर्ताका लागि यसअघि दिएको समयसीमामा प्रतिनिधि सभातर्फ ७६ दलले निर्वाचनमा सहभागी हुन निवेदन दर्ता गराएका छन् ।
त्यस्तै प्रदेश सभा सदस्यका लागि पनि फरक फरक संख्यामा दलहरु दर्ता भएका छन् । जसमा केही दलले एकै चुनाव चिह्न लड्न संयुक्त निवेदनसमेत दिएको आयोगले जनाएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #निर्वाचन आयोग, #समानुपातिक उम्मेदवार छान्दै दलहरु
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्