आगामी निर्वाचनमा एमालेले ५६ लाख मत ल्याउछ: महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा एमालेले ५६ लाख मत ल्याउने विश्वास गरेका छन् । केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा आयोजित पत्रकारसँग अन्तरक्रिर्यामा बोल्दै उनले एमालेले हरेक पार्टी सदस्यहरुलाई दुई मत वृद्धि र ५ मत संरक्षण गर्ने अभियान चलाएको बताए ।
पोखरेलले पार्टीका ८ लाख सदस्यहरुले १६ लाख नयाँ मतमा वृद्धि र ४० लाख मतको सुरक्षित गर्ने आशा राख्दै ५६ लाख मतसहित एमालेले मुलुकको नेतृत्व गर्ने बलियो राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्ने दाबी गरे ।
“हामिले आफूलाई मतको स्थितीमा पुराउनको निम्ति एउटा महत्वपूर्ण अभियान सुरु गरेका छौं । हरेक पार्टी सदस्यलाई २ मत वृद्धि गर्ने र ५ मत संरक्षण गर्ने । यो अभियनको नेतृत्वको गर्नको लागि हामिले पार्टीका सदस्यहरुलाई निर्देशन दिएका छौं । ८ लाख सदस्यहरुले यो अभियानमा भूमीका खेलेर १६ लाख मतमा वृद्धि गर्नुहुनेछ र ४० लाख मतको सुरक्षित गर्नुहुनेछ । यो हिसाबले भन्ने हो भने, ५६ लाख मत प्राप्त गर्न सक्दा यो मुलुकको नेतृत्व गर्न सक्ने बलियो राष्ट्रिय शक्तिको रुपमा चुनावको माध्यमबाट स्थापित गर्न सक्छौं ।”
महासचिव पोखरेलले आगामी निर्वाचनमा आफ्नो नीतिको आधारमा जनतामा जाने बताउँदै एमालेले कुनै गठबन्धन नगर्ने स्पष्ट पारे । मुुलुकको विकास र समृद्धको नेतृत्व गर्ने क्षमता एमालेसँग मात्रै रहेको उनको भनाई छ । उनले मुलकमा नेपाली कांग्रेसको नेतृत्व यथास्थितीमात्रै रहेको आरोप लगाउँदै देशको परिवर्तनकारी नेतृत्व गर्न एमाले सक्षम रहेको दाबी गरे ।।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #शंकर पोखरेल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्