कांग्रेसले अति गर्यो भने वाममोर्चा बनाएर चुनावमा जानुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ नेपाली कांग्रेसले सिट बाँडफाँटमा बखेडा झिकिरहेको बताउनु भएको छ।
पार्टीको बागमती प्रदेशमा रहेका केन्द्रीय सदस्यहरु र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
प्रचण्डले कांग्रेसले बखेडा गरिरहे वाम फ्लेभरको वाममोर्चासमेत बनाएर अगाडि बढ्ने बताउनु भयो। उहाँले भन्नुभयो, ‘हामीसँग वाममोर्चाको पनि विकल्प छ। अहिले वाम लोकतान्त्रिक गठबन्धन छँदै। कांग्रेसले सिट बाँडफाँटमा निहु खोजीरहेको छ । त्यसकारण संयुक्त वाममोर्चाका रुपमा हाम्रो चुनावी तयारी अगाडि बढाउँछौँ।‘
अध्यक्ष प्रचण्डले माओवादीमा स्थानीय चुनावमा जस्तै अन्तर्घात भए पार्टी नै विघटन हुन सक्ने पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘हाम्रो बीचमा खुट्टा तानातान र अन्तर्घात भयो भने पार्टी विघटन कसैले रोक्न सक्दैन ।‘
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #पुष्पकमल दाहाल प्रचण्ड, #प्रचण्ड
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्