सत्ता गठबन्धन सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दै

काठमाण्डौ । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज अपराह्न ४ बजे बस्दैछ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा आगामी निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँटका विषयमा छलफल हुनेछ ।
साउनको तेस्रो सातायता कार्यदलको बैठकमा आगामी मंसिर ४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँडबारे छलफल भइरहेको छ । तर सिट बाँडफाँटमा सहमति जुटेको छैन ।
कांग्रेसले १००, माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी राखेको छ । कूल १६५ निर्वाचन क्षेत्र रहेकोमा दलहरुको दाबी २ सय ३४ पुगेको छ
यस्तै ३३० प्रदेशसभा निर्वाचन क्षेत्रको भागबण्डाबारे पनि कार्यदल बैठकमा गत शुक्रबारबाट सुरु भएको छ । ०७४ को आम निर्वाचनमा दलहरुले पाएको समानुपातिक मत र ०७९ को स्थानीय निर्वाचनमा प्राप्त मतलाई आधार बनेर कार्यदलले प्रतिवेदन तयार गर्न लागेको छ ।
गठबन्धनले पाँच दलका ११ नेता सम्मिलित कार्यदललाई प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० वटै क्षेत्रमा गठबन्धनका कुन दलको कस्तो अवस्था छ भनेर तथ्यांकसहितको विश्लेषण गर्ने जिम्मेवारी दिएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #सत्ता गठबन्धन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्