नेपाली कांग्रेसको प्रशिक्षण आजदेखि सुरु

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिका लागि आजदेखि दुई दिने अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दैछ ।
नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने कार्यक्रमको आज दिउँसो ११ बजे ललितपुरमा पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्दैछन् ।
पार्टीका शीर्ष नेताहरूले प्रशिक्षण दिनेछन् भने कार्यक्रममा मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र समन्वय समितिका प्रमुख–उपप्रमुखको सहभागिता हुने कांग्रेसले जनाएको छ ।
अभिमुखीकरणका कारण कांग्रेसले निर्वाचित केन्द्रित देशव्यापी अभियानलाई पछि सारेर छोट्याएको छ । ३० र ३१ गते अभिमुखीकरण हुने हुँदा तयारी नपुग्ने भन्दै कांग्रेसले भदौ २ गतेदेखि सुरू गर्ने अभियान १० गतेका लागि तय गरेको हो ।
प्रशिक्षण स्थानीय तहमा जनप्रतिनिधिका काम कारबाही साथै आसन्न मंसिर ४ को निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन रणनीतिमा केन्द्रित हुने बताइएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेपाली कांग्रेस, #नेपाली कांग्रेसको प्रशिक्षण आजदेखि सुरु
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्