भारतसँगको नेपाली सिमानामा काँडेतार लगाउनु पर्छ : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीमबहादुर रावलले भारतसँगको नेपाली सिमानामा काँडेतार लगाउनुपर्ने बताउनुभएको छ । चलचित्र ‘काँडेतार’ को बारेमा जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै नेता रावलले भारतले बंगलादेशसँगको सिमानामा काँडेतार लगाएको जस्तै नेपालले पनि भारतसँग जोडिएको सिमानामा काँडेतार लगाउनुपर्ने बताउनुभएको हो ।
नेता रावलले भन्नुभयो – ‘सिमानामा काँडेतार लगाउने भनेपछि केबल फलामे तार जस्तो बुझिएपनि यो देशको सुरक्षाको अभिव्यक्ति हो । धेरै राष्ट्रहरूले आफ्नो सिमानाको रक्षाको लागि पर्खाल लगाएका उदाहरण हामीमाझ छ।’
नेता रावलले नागरिकता विधेयकको पनि विरोध गर्दै भन्नुभयो यो विधेयकले नेपालीहरूलाई अल्पमतमा पार्ने षड्यन्त्र भएको बताउनुभयो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले सबैखाले बाहृय हस्तक्षेपको विरुद्धमा नेपाल लड्नुपर्ने र यसका लागि सबै एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #भारतसँगको नेपाली सिमानामा काँडेतार लगाउनु पर्छ : भीम रावल, #भीमबहादुर रावल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्