‘न्यायपालिकाकोे विषयमा उठेका कुराहरुलाई निष्पक्ष किसिमले निराकरण गर्नुपर्छ’: भीम रावल

काठमाडौं । नेकपा (एमाले)का नेता तथा सांसद भीम रावलले न्यायपालिकाकोे विषयमा उठेका कुराहरुलाई निष्पक्ष किसिमले निराकरण गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभामा बोल्दै रावलले प्रधानन्यायाधीशको सम्बन्धमा छानबिन समितिले तयार गरेका तथ्यहरुमाथि गहन छलफल हुनुपर्नेमा जोड दिए ।
नेता रावलले न्यायपालिकाको कुरा उठिसकेपछि त्यसलाई संविधान बमोजिम तथ्यसंगत ढंगले निराकरण गर्नु कर्तव्य रहेको बताउँदै त्यसतर्फ ध्यान जानुपर्ने धारणा राखे ।
“यस सम्बन्धमा सम्बन्धित समितिले छलफल गरेर ल्याएपछि तथ्य के हो, बाहिर विभिन्न कुराहरु सुनेका छौं । त्योे सुनेको आधारमा भन्दा ती तथ्यहरु आएभने त्यसमा गहन छलफल हुन सक्थ्यो होला । कुराहरु उठिसकेपछि त्यसलाई संविधान बमोजिम तथ्यसंगत ढंगले समयमै निराकरण गर्नू यदी व्यवस्थापिका भित्र प्रवेश पाएको छ भने त्यसको पनि कर्तव्य हो । राजनीतिक क्षेत्रका व्यक्तिहरुले पनि तद अनुकुल त्यसलाई अन्यथा विषय नबनाएर त्यो गर्नु सबैको कर्तव्य हो ।यस तर्फ सबैको ध्यान जानुपर्छ ।”
नेता रावलले प्रधानन्यायाधीशविरुद्धको महाभियोगको प्रस्ताव अगाडी सारिएको लामो समय हुँदा पनि छलफल नहुनु दुखद विषय रहेको बताए । उनले मुलुक कस्तो राजनीतिक प्रक्रियामा छ र कुन चरण छ भन्ने हेक्का राख्नुपर्ने तर्क गरे ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #‘न्यायपालिकाकोे विषयमा उठेका कुराहरुलाई निष्पक्ष किसिमले निराकरण गर्नुपर्छ’: भीम रावल, #भीम रावल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्