रुकुम वा रोल्पाबाट चुनाव लड्न गरेको प्रस्ताव ‘प्रचण्ड’द्वारा अस्वीकार

काठमाण्डौं । पार्टी नेताहरूले पूर्वी रुकुम वा रोल्पाबाट चुनाव लड्न गरेको प्रस्तावलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्वीकार गरेका छन् ।
उनले आफू चितवनबाटै चुनाव लड्ने बताएका छन् । प्रचण्डविरुद्ध मोर्चाबन्दी हुनसक्ने भन्दै पार्टीकै नेताहरुले उनलाई सहज निर्वाचन क्षेत्र रोज्न प्रस्ताव गरेका थिए ।
पूर्वी रुकुम, रोल्पा र रुकुम माओवादीको आधार क्षेत्र मानिँदै आएको छ । रोल्पाबाट वर्षमान पुन र रुकुमबाट जनार्दन शर्मा सांसद छन् । पूर्वी रुकुममा माओवादीका स्थापित नेता छैनन् । तर, माओवादी प्रभाव भने बलियो रहेको नेताहरू बताउँदै आएका छन् ।
माओवादीका एक शीर्ष नेताले भने, “हामीले कमरेड प्रचण्डलाई निर्वाचन क्षेत्र सार्ने कि भनेर प्रस्ताव गरेका थियौँ । उहाँले चितवन नछाड्ने भन्नुभयो । उहाँ चितवनबाटै चुनावमा प्रतिस्पर्धा गर्नुहुन्छ ।”
यसअघि प्रचण्ड विभिन्न जिल्लाबाट चुनाव लडिसकेका छन् । पछिल्लो समय उनको सक्रियता चितवनमै बढ्दै गएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #पुष्पकमल दाहाल प्रचण्ड
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्