उपसभामुख भुसालले गरिन् पदवहाली

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले सपथ लिएकी छन् । उनले आइतबार पद तथा गोपनीयताको सपथ लिएकी हुन् । राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले भुसाललाई शपथ गराए ।
समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरू सहभागी थिए । उपसभामुख भुसालले आइतबार नै सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा पदबहाली पनि गरेकी छन् । उनी गत शुक्रबार उपसभामुखमा निर्वाचित भएकी हुन् ।
उनी सत्तारुण गठबन्धन दलको तर्फबाट उम्मेदवार बनेकी थिइन् । भुसालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईलाई पराजित गरेकी थिइन् । उपसभामुखमा निर्वाचित हुने क्रममा भुसालले १ सय ४८ मत प्राप्त गरेकी थिइन् ।
एमाले उम्मेदवार विद्या भट्टराईको पक्षमा भने ९३ मत मात्र परेको थियो । प्रतिनिधिसभाको उपसभामुख पद लामो समयदेखि रिक्त रहेको थियो । उपसभामुखमा निर्वाचित हुनका लागि तत्काल कायम रहेको सांसद संख्याको बहुमत आवश्यक पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ ।
प्रतिनिधिसभामा हाल २ सय ७१ सांसद छन् । जसको बहुमत १ सय ३६ हो । नेपाल मजदुर किसान पार्टी भने निर्वाचनमा सहभागी भएको थिएन । भुसाल दोस्रो प्रयासमा प्रतिनिधिसभाको उपसभामुख बनेकी हुन् । ०७४ सालमा भएको प्रतिनिधिसभाको उपसभामुख निर्वाचनमा उनी एमालेकी शिवमाया तुम्बाहाङ्फेसँग पराजित भएकी थिइन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #उपसभामुख, #पुष्पा भुसाल, #प्रतिनिधिसभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्