Techie IT
शनिबार, असार ७,२०८२

२० प्रतिशत जनता बहुआयामिक गरिबी झेलिरहेका छन्: प्रदीपकुमार ज्ञवाली


काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले आम उपभोक्ता अहिले वस्तुको अभाव, विभिन्न क्षेत्रमा सिन्डिकेट, बजार अनुगमनको अभाव र राज्यको कमजोर उपस्थितिका कारण जनता मर्कामा परेको बताउनुभएको छ ।

पार्टीको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागद्वारा आज राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उपमहासचिव ज्ञवालीले महँगी कुनै दल विशेषका मानिसहरूका लागि मात्र नभई यसबाट आम जनसमुदाय आक्रान्त भइरहेको वर्तमान अवस्थामा महँगी नियन्त्रणका लागि सरकारमा दबाब सिर्जना गर्नुपर्ने बताउनुभयो ।

उहाँले उपभोक्ताहरू चौतर्फी मारमा परिरहेको मुद्दालाई दलहरूले आफ्ना एजेण्डामा प्राथमिकतामा राखेर उठाउनुपर्ने बताउनुभयो ।

“१७ प्रतिशत नेपाली जनता निरपेक्ष गरिबीको रेखामुनि छन्, २० प्रतिशत बहुआयामिक गरिबी झेलिरहेका छन्, यस्तो महँगी र चौतर्फी मारमा कसरी जीवन चलिरहेको होला ?” उपमहासचिव ज्ञवालीले भन्नुभयो ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #प्रदीपकुमार ज्ञवाली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Light Rain
5:07 am7:03 pm +0545