भारत भ्रमण गठबन्धनका लागि अर्थपूर्ण : अध्यक्ष ‘प्रचण्ड’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण राजनीतिक तथा सद्भावना भ्रमणका रुपमा रहेको बताउनुभएको छ ।
आज भारत जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै अध्यक्ष प्रचण्डले आफ्नो भ्रमण नेपाल र गठबन्धनका लागि अर्थपूर्ण रहेको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले भारत भ्रमणका विषयमा आज बिहान मात्र प्रधानमन्त्री शेरबहादुर देउवासँग र यसअघि नै परराष्ट्र मन्त्री नारायण खड्कासँग छलफल भएको समेत जानकारी दिनुभयो ।
उहाँले छिमेकी देशहरूसँग सन्तुलित परराष्ट्र नीतिमा आफूहरू स्पष्ट रहेको भन्नुहुँदै भारतबाट फर्केपछि चीन भ्रमणमा जाने बताउनुभयो ।
अध्यक्ष दाहाल तीन दिने भारत भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा ( माओवादी केन्द्र, #पुष्पकमल दाहाल, #पुष्पकमल दाहाल प्रचण्ड
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्