विकासको गतिले तीव्रता पाउँछ: काँग्रेस नेता पौडेल

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश एउटा गतिमा अगाडि बढिसकेकाले अब विकासको कामलाई तीव्रता दिने बताउनुभएको छ ।
तनहुँको भानु नगरपालिका–१ स्थित भन्सार युवा क्लबको आयोजनामा सञ्चालित भानु कप फुटबल प्रतियोगिताको समापन कार्यक्रममा उहाँले देशले निकास पाएकाले अब विकासका कामले पनि तीव्रता पाउने उल्लेख गर्नुभयो ।
संविधान निर्माण र संविधानको कार्यान्वयनले गर्दा विकासको काम केही समय रोकिएको बताउँदै वरिष्ठ नेता पौडेलले अब विकासको कामलाई पनि टुङ्गोमा पुर्याउने बताउनुभयो ।
उहाँले पाँच दलीय गठबन्धन कायमै रहने बताउनुभयो । स्थानीय तह निर्वाचनमा गरिएको गठबन्धन सफल भएको बताउँदै पौडेलले आगामी निर्वाचनसम्म गठबन्धनले निरन्तरता पाउने बताउनुभयो ।
पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्म गाउँलाई विश्वकै पर्यटकीय धार्मिक गन्तव्य बनाइने बताउनुभयो ।
यसैबीच पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आदिकवि भानुभक्त आचार्यको जन्मस्थललाई साहित्यिक धामका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । २०९औँ भानु जयन्तीका अवसरमा आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले आज भानु नगरपालिका–४ चुँदी रम्घामा आयोजना गरेको कार्यक्रममा पूर्वमन्त्री श्रेष्ठले यस ठाउँलाई साहित्यिक धामका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले भानुभक्तलाई वर्षको एक दिन मात्र नभई सधैँभर सम्झिनुपर्ने बताउनुभयो ।
भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले भानु जन्मस्थलको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।
आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष ऋषिराम पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, नेकपा (एकीकृत समाजवादी)का पोलिटव्यूरो सदस्य प्रतापलाल श्रेष्ठ लगायतले भानु जन्मस्थलको विकासका बारेमा धारणा राख्नुभएको थियो ।
भानु जयन्तीका अवसरमा आयोजित राष्ट्रिय स्तरको कविता प्रतियोगिताका विजेतालाई सोही अवसरमा पुरस्कार प्रदान गरिएको थियो ।
रासस
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #रामचन्द्र पौडेल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्