मैले मानवअधिकारको उल्लङ्घन गरेको छैन : एमाले अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले अहिलेसम्म मानवअधिकारको उल्लङ्घन नगरेको बताउनुभएको छ । मानवअधिकार एलाइन्सको २३औँ स्थापना दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले ५७ वर्षदेखि राजनीतिमा निरन्तर लागिरहेको तर त्यस अवधिमा कुनै पनि प्रकारको मानवअधिकारको उल्लङ्घन नगरेको बताउनुभयो ।
“मैले गृह मन्त्रालयजस्तो नियन्त्रण कायम गर्नुपर्ने मन्त्रालय सम्हालेको छु, प्रधानमन्त्री भएर सबै जिम्मेवारी पनि सम्हालेको छु”, पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, “५७ वर्षदेखि मेरो राजनीतिक लडाइँ मानवअधिकारका लागि हो, मैले मानवअधिकारको उल्लङ्घन गरेको छैन, मानवअधिकारको उल्लङ्घन गर्ने छैन ।”
उहाँले अहिलेसम्मका राजनीतिक आन्दोलनको उद्देश्य मानवअधिकारको संरक्षण गर्ने नै भएको र राजनीति विकृत नभएर सही बाटोमा हिँड्यो भने मानवअधिकार संरक्षण त्यही हुने धारणा राख्नुभयो ।
“सरकारले मानवअधिकारको रक्षा गर्ने प्रतिबद्धता जनायो भने धेरै हदसम्म मानवअधिकारको संरक्षण हुन्छ”, अध्यक्ष ओलीले भन्नुभयो, “बाँच्न पाउने अधिकार, खाद्य अधिकारबाट वञ्चित छन्, हरेक व्यक्तिलाई मानवअधिकारप्रति सचेत गराउनुपर्ने जरुरी छ, प्रजातान्त्रिक प्रणालीको उद्देश्य नै हिंसारहित हुनुपर्छ ।”
‘समृद्ध नेपाल, सुखी नेपाली’ सङ्कल्पलाई अघि बढाउन सकियो भने मानवअधिकारको संरक्षण हुने उल्लेख गर्दै उहाँले मानवअधिकारको अभियानलाई व्यापकता सचेतना गरेर मानवअधिकार उल्लङ्घन हुन नदिन खबरदारी समेत गर्न जरुरी भएको बताउनुभयो ।
“पीडितले न्याय पाउनुपर्छ, पीडकलाई कानुनी कारबाही हुनुपर्छ”, अध्यक्ष ओलीले भन्नुभयो, “राजनीति मानव जातिको भलाइ, मानवको बृहत्तर हितका लागि गर्ने हो, मावनजातिको खुसी र मानवको सुरक्षा गर्न मैले राजनीति गरेको हुँ, मेरो लडाइँ नै मानवअधिकारका लागि हो ।”
अध्यक्ष ओलीले राज्यले संविधान, कानुन बनाएर मुलुकलाई यथास्थितिमा राख्न खोजे पनि मानिस सामाजिक प्राणी भएकाले एकले अर्काका अधिकारको सम्मान गर्नुपर्ने बताउनुभयो । रासस
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्