Techie IT
सोमबार, वैशाख २२,२०८२

स्वास्थ्य बीमा गरेर पनि लाखौँ नेपालीले स्वास्थ्य उपचार नपाएकोमा सांसदद्धारा चिन्ता व्यक्त


काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा स्वास्थ्य बीमा गरेर पनि लाखौँ नेपालीले स्वास्थ्य उपचार नपाएकोमा चिन्ता व्यक्त गरिएको छ । बैठकमा समय लिएर नेपाली काँग्रेसका सांसद मीनबहादुर विश्वकर्माले स्वास्थ्य बीमा गरेर पनि सो अनुरुप उपचार नपाएकोमा चिन्ता प्रकट गर्नुभएको हो ।

उहाँले मुलुकको आर्थिक अवस्थाप्रति सरकार गम्भीर हुनुपर्ने पनि बताउनुभयो । उहाँले नेपाल राष्ट्र बैङ्कका गभर्नरले शेयर लगानीकर्तालाई हतोत्साही र नागरिकलाई निराश बनाउने गरी सार्वजनिक अभिव्यक्ति दिएकोमा पनि आपत्ति व्यक्त गर्नुभयो ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #प्रतिनिधिसभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:19 am6:41 pm +0545